७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनावको लागि तयार रहन गृहमन्त्रीले दिए निर्देशन

चुनावका लागि तयार रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री विमलेन्द्र निधि । तस्बिरः नरहरि सापकोटा

गोरखा– उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र नीधिले जिल्लाका सरकारी कार्यालय प्रमुखलाई चुनावका लागि तयार रहन निर्देशन दिएका छन्। जिल्लाको अवस्थाबारे जानकारी लिन शनिबार कार्यालय प्रमुखसँग आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा उनले भने, ‘आउँदो वर्ष, २०७४ को माघ ७ भित्र तीनवटै निर्वाच सक्नुपर्छ, तपाईहरु मेन्टल्ली तयारी हुनुहोस्।’

अहिलेको संरचनामा स्थानीय निकायको निर्वाचन हुने वा पुन संरचनामा हुने भन्ने टुङ्गो दलहरुको सहमतीबाट हुने बताउँदै उनले चुनाव भने समयमै गरिने बताए। ‘स्थानीय तह वा निकाय जे को भए पनि चैतसम्म वा ढिलोमा वैशाख दोस्रो हप्तासम्म निर्वाचन हुनेछ, यही सरकारी योजना पछ्याएर अघि बढ्नुहोस’ कार्यालय प्रमुखलाई उनले निर्देशन गर्दै भने ‘यो दलको मात्रै हैन सरकारको पनि योजना हो।’

अन्तक्रियामा सबैभन्दा पहिले जिल्ला निर्वाचन कार्यालयका प्रमुखसँग उनले मतादाता नमावली संकलन, अद्यावधिकलगायतका कामबारे जानकारी लिएका थिए । स्थानीय तहको पुन संरचनालाई ध्यानमा राखेर सरकारी कार्यालयले गतिविधि अगाडि बढाउन उनले सुझाब दिए। साथै पुन संरचना गर्दा एक तह र अर्कोबीच तालमेल हुने गरी भौतिक संरचना, भुबनोटलगायतलाई मध्यनजर गरेर कामकाजलाई व्यवाहारिक बनाउनुपर्नेमा उनको जोड थियो।

कार्यालय प्रमुखहरुले दरबन्दी रिक्त हुँदा समस्या भएको गुनासो गरेपछि मन्त्री निधिले प्रदेशको पुन संरचनापछि प्रदेशबाट नै कर्मचारी पदपूर्ती हुने बताए। भूकम्प पीडितको गुनसो सुनुवाई ढिला भएको, पुनः निर्माणले गती लिन नसकेको, सरकारी कार्यालयमा बजेट अपुग भएको, दरबन्दीअनुसार चिकित्सक नभएको, बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण भए पनि बितरण सुरु हुन नसकेको लगायत जिल्लाको समस्या बारे प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गृहमन्त्रीलाई जानकारी गराएका थिए । समस्या सुनेपछि कर्मचारीहरुसँग अन्तक्रिया गर्दै उनले आफूले निर्देशन दिने मात्र नभई अवस्था बुझेर कार्यन्वयनमा सघाउन यो कार्यक्राम राखेको बताए।

जिल्लाको शान्ति सुरक्षाको अवस्था, जडीबुटी, जग्गा जमिन, खानेपानीको अवस्था, शिक्षा स्वासथ्यलगायतको सेवा प्रवाहबारे गृहमन्त्रीले जानकारी लिएका हुन्। जानकारी लिने क्रममा पटक—पटक उनले चुनावको प्रङ्ग जोड्दै तयार रहन कर्मचारीलाई भनेका थिए। कार्यक्रममा सबैजसो कार्यालयका प्रमुखहरुको उपस्थिती थियो। उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा भइरहेको नवौं गोरखा महोत्सवको शनिवार हुने समापन कार्यक्रममा सहभागी हुन निधि शुक्रबार नै गोरखा आएका हुन्।


 

प्रकाशित: १६ पुस २०७३ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App