८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस सांसदको सरकारलाई प्रश्न : यतीसँग सती जानुको कारण के हो ?

काठमाडौं- नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले 'यती आतंक' राष्ट्रकै लागि लज्जा भएको बताएकी छन्। संसद बैठकमा बोल्दै उनले  यतीसँग सती जानुको कारण के हो ? भन्दै सरकारलाई प्रश्न गरिन्।

नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको उनको भनाई छ। नेपाल ट्रस्टले भाडामा लगाएको ३ हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको २ हजार ७ सय ९९ रोपनी जग्गा यती समूहलाई दिइएको उनले बताइन्।

'पाँच अर्ब रूपैयाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूह किन दिइयो ? पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तै दिइनु र धरानमा विमानस्थल बनाउने प्रचार गरेर यती समूहले प्रतिकठ्ठा २८ हजार रूपैयाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाले बेच्न लागेको विषयमा र शिवपुरी राष्ट्रिय निकुञ्जको २ सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइएको हो?', उनको प्रश्न थियो।

'सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको तात्पर्य के हो,' भन्दै उनले जवाफ मागिन्।

प्रकाशित: २९ माघ २०७६ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App