coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तुरुन्त रगत उपलब्ध गराउनेलाई रेडक्रसको सम्मान

सिन्धुली- रगत अभाव हुँदा तुरुन्तै रगत उपलब्ध गराउने संस्था र व्यक्तिलाई नेपाल रेडक्रस जिल्ला शाखा सिन्धुलीले सम्मान गरेको छ। दुर्घटना वा अन्य विपदमा रगतको अभावमा छटपटाई रहेका बिरामीलाई तुरुन्त रगत उपलब्ध गराई सहयोग गरेका संस्थालाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको ४९ औँ वार्षिक साधारण सभामा दुर्घटनामा परेको वा अन्य कारणले रगत अभाव हुँदा बिरामी बचाउन तुरुन्त रगत उपलब्ध गराउनेलाई सम्मान गरिएको रेडक्रस जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार यहाँको बर्दबहादुर गणले तत्काल रगत उपलब्ध गराएको भन्दै गणका प्रमुख राजिव थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख रञ्जु सिग्देल, दाह्री ग्याङका संयोजक प्रदिप सिन्धुलिय लगायतलाई सम्मान गरिएको हो।

प्रहरीले रगत अभाव भएको समयमा तुरुन्त उपलब्ध गराएको तथा दाह्री ग्याङले पनि रगत उपलब्ध गराउन युवाहरु जुटाएको भन्दै सम्मान गरेको हो। रेडक्रसको साधारण सभामा ब्लड बैकमा ब्लड जम्मा पार्नका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले रक्तदान कार्यक्रमको आयोजना गरि रगत जम्मा पार्न सघाएको भन्दै सम्मान गरिएको थियो।

प्रकाशित: २९ माघ २०७६ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App