coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सांसद बमले भने, 'छाउगोठ भत्काएर मात्र हुँदैन, महिलाको अवस्था पनि बुझौं'

काठमाडौं- सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपालबहादुर बमले छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्थाका विषयमा बुझ्न आग्रह गरेका छन्। सरकारले सुरु गरेको छाउगोठ भत्काउने अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै बमले छाउगोठ भत्काएपछि ती क्षेत्रका महिलाको अवस्था कस्तो छ? भन्ने विषयमा बुझ्न सरकारलाई आग्रह गरेका हुन्।

सरकार र अभियानकर्ताहरुले छलफल, सेमिनार गोष्टि गरेपनि त्यहाँको वास्तविक समस्याको विषयमा छलफल नभएको बताउँदै उनले कर्णालीका महिलाले भोगेका पीडा, छाउगोड बन्नुका बाध्यता के हुन्? किन त्यो बाध्यताले छाउगोठ बने? भन्ने कुराको अध्ययन गर्न पनि उनले आग्रह गरे। आजसम्म गृहमन्त्रालयले सयौँ छाउगोठ भत्काइएपछि त्यहाँका महिलाले अहिले के गरिरहेका छन् भन्ने कुराको विश्लेषण आवश्यक रहेको भन्दै उनले सरकार र अभियानकर्ताहरुको ध्यानाकर्षण गराए।

कर्णालीमा बन्ने घरहरुको अवस्थाका कारणले पनि छाउगोठ छुट्टै बन्ने गरेको उनले बताए। दुई तले घरमा एक तलामा गाईगोरु र अर्को एक तलामा भान्सा, पूजाकोठा, सासु ससुरा र छोरा बुहारी बस्नुपर्ने बाध्यता रहेको बताए। कर्णालीका महिलाहरुलाई अहिलेसम्म सेनेटरी प्याडको विषयमा समेत जानकारी नभएको पनि उल्लेख गरेका छन्। उनले अभियानकर्ताहरुलाई ठूला होटलमा कार्यक्रम गरेर मात्रै नहुने भएकाले त्यहाँको वास्तविकता बुझ्न पनि आग्रह गरेका छन्।

प्रकाशित: २९ माघ २०७६ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App