coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्राधिकरणको नाम संशोधन गरेर ‘बन्ध्याकरण’ राख्नुस्

धादिङ–भूकम्पपछि पहिलो पटक प्रहसनको लागि स्टेज चडेका धुर्मुस र सुन्तलीले सरकारको ढिलासुस्तीप्रति व्यङ्ग्य गरेका छन्। पुस ७ गतेदेखि संचालन भइरहेको पाँचौ धादिङ महोत्सवमा शुक्रबार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सरकारको ढिलासुस्तीका कारण पुननिर्माणको काम सहज नहुँदा जनताले सास्ती बेहोर्नु व्यङग्य मार्फत दुःखेसो पोखे ।

भूकम्प पछिको पुननिर्माणको काममा जनताले सरकार छ भन्ने महशुस गर्न नसकेकोप्रति व्यङ्ग्य गर्दै भने, ‘जनताको लागि पो सरकार छैन, ठू–ठूल्ला नेताको लागि सरकार छ। महंगा गाडी चड्ने र तारे होटलमा पार्टी गर्नेहरुलाई सरकार छ। ठूला मान्छेहरुलाई त टाउको दुख्यो भने पनि सरकार छ ।’ धुमुर्स सुन्तलीले देशको वर्तमान समस्याप्रति तिखो ब्यङग्य गर्दै गरिव निमुखा र सर्वसाधारणको लागि भन्दा पनि भ्रष्टाचारी, घुसखोरीहरु र गुण्डाहरुको लागि मात्रै सरकार भएको भन्दै कटाक्ष गरे।

भूकम्प पछि राजनैतिक दलहरु पुननिर्माणमा भन्दा पनि सत्ता बचाउने पाउने खेलमा मात्रै लागेको भन्दै धुर्मुस सुन्तलीले राजनैतिक दलहरुको कार्यशैलीमाथी ब्यङग्य प्रहार गर्न भ्याए । भूकम्पपछिको पुन निर्माणको लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले काममा ढिलासुस्ती गरेको र केही देखिन योग्य प्रगती नभएको भन्दै प्राधिकरणको नाम अव ‘राष्ट्रिय पुननिर्माण बन्ध्याकरण’ राख्न व्यङ्ग्य मार्फत सुझाव दिएका छन्। व्यङ्ग्य गर्दै भने, ‘अब ‘राष्ट्रिय पुननिर्माण प्राधिकरणको नाम संशोसन गर्नु पर्छ अनि नाम अनुसारको काम हुन्छ । त्यसैले अब प्राधिकरण होइन ‘बन्ध्याकरण’ सुहाउँछ ।’

प्रहशन मार्फत उनीहरुले सवै जनतालाइ पुननिर्माणको महाअभियानमा लाग्न आग्रह गरेका छन् । उनीहरुले अहिल पीडित जनताहरुको भावनामाथी इन्जिनियरहरुले पनि राजनीति गरेर खेलवाड गरिरहेको बताए । नेपाल सरकारले सरसफाइ अभियानको लागि सद्भावना दुत नियुक्त गरेका उनीहरुले प्रहशन मार्फत जिल्ला जिल्लाबाट उद्योग बाणिज्य संघको अगुवाइमा सरसफाईको लागि नया योजना बनाएर अघि बढ्न आग्रह गरे।

 व्यङग्यबाटै विभिन्न विषय र प्रसंगहरु कोट्याइरहँदा महोत्सव स्थल दर्शको भीडले अटेशमटेस भइसकेको थियो । शुक्रबार धुर्मुस र सुन्तली आउने खबर पाएका दर्शकको विहानैदेखि चहलपहल बाक्लो बनेको थियो । दर्शकहरुको अत्याधिक भीड भएपछि आयोजक र सुरक्षाकर्मीलाइ भिड नियन्त्रण गर्न हम्मे हम्मे पर्यो ।

 धुर्मुस सुन्तलीको प्रहशन हेर्न शुक्रबार मात्रै १८ हजार २ सय दर्शकले टिकट काटेका आयोजक समितिका संयोजक बोधनाथ दुवाडीले बताए। शुक्रबार मात्रै महोत्सवमा राखिएका होटल र अन्य स्टलहरुबाट ६० लाख बराबरको कारोबार भएको आयोजक समितिका इश्वर धरेलले जानकारी दिए ।

विनाशकारी भूकम्प पछि एकीकृत बस्ती निर्माणमा खटिएका धुर्मुस सुन्तलीले भूकम्पपछि पहिलोपटक धादिङ महोत्सवको स्टेजमा प्रस्तुती दिएको जानकारी गराए । सरकारले पुननिर्माणका कामम ढिलासुस्ती गरिरहेको बेला पछिल्लो समय उनीहरुले २ वटा एकिकृत बस्ती निर्माण गरेपछि धुर्मुस सुन्तली झनै चर्चित भएका छन् ।

 

प्रकाशित: १६ पुस २०७३ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App