८ वैशाख २०८१ शनिबार
समाज

शिक्षण अस्पतालको काउन्टरबाट दिउँसै करिब लाख रुपैयाँ गायब

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको क्यास काउन्टरबाट ९५ हजार रुपैयाँ गायब भएको छ। शुक्रबार दिउँसो १ बजेपछि काम गर्ने कर्मचारीहरु खाजा खान गएका बेला उक्त रकम हराएको बुझिएको छ।

अस्पताल पछाडिको तेस्रो तलामा एमआइसीसीयु नजिकै रहेको काउन्टरबाट दिउँसै पैसा हराएको हो। प्रहरीले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार त्यहाँस्थित कर्मचारी खाजा खाएर फर्किदा काउन्टरमा चाबी लागेको थियो तर काउन्टरमा गनेर राखेको पैसा भने नरहेको पाइयो।

काउन्टरमा एक हजार र पाँच सयको गड्डी रहेको बताइएको छ। काउन्टरको चारवटा चाबीमध्ये दुई वटा उक्त दिन काउन्टरमा रहेका कर्मचारी र अर्को दुई वटा अर्का एक जना कर्मचरीसँग रहेको बताइएको छ।

अस्पतालभित्र रातको समयमा मोबाइल पर्स हराउने समस्या नौलो नरहेपनि दिनदहाडै काउन्टरबाटै पैसा गायब भएपछि अस्पताल व्यवस्थापन सतर्क भएको छ।

प्रकाशित: १६ पुस २०७३ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App