८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल पक्षसँगको परार्मसपछि ब्रुक्स फिर्ता

काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसनका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमण पूरागरी फर्केका छन्। मिलेनियम च्यालेन्ज कर्पोरेसनअर्न्तगतको ५० करोड अमेरिकी सहयोगका विषयमा नेपालभित्र विभिन्न कोणबाट बहस जारी रहेका बेला ब्रुक्स नेपाल भ्रमणमा आएका हुन्।

काठमाडौं बसाइका क्रममा उनले नेपाल सरकारसँगको अमेरिकी साझेदारी र ५० करोड अमेरिकी डलरको एमसिसी कम्प्याक्टको समर्थनमा विभिन्न पक्षसँग परामर्श गरेका थिए। ब्रुक्सले एमसीए–नेपालको सञ्चालक समिति, प्रधानमन्त्री केपी ओली तथा कम्प्याक्टमा संलग्न अन्य उच्चस्तरीय सरकारी अधिकारीसँग बेग्लाबेग्लै भेट गरेका थिए। भेटमा सहभागीले कम्प्याक्टलाई शीघ्र अघि बढाउने प्रतिबद्धता जनाएको भ्रमणपछि जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकार र संयुक्त राज्य अमेरिकाबीच २०७४ भदौमा दक्षिण एसियामै पहिलोपटक नेपाल कम्प्याक्ट सहमतिमा हस्ताक्षर भएको थियो। कम्प्याक्टलाई गरिबी न्यूनीकरण गर्ने, आर्थिक वृद्धि र निजी क्षेत्रको लगानी बढाउने, अर्थतन्त्रको वृद्धिका लागि नयाँ बजार खुला गर्ने र नेपालका जनताको लाभका निम्ति दिगो विकास सिर्जना गर्न क्षेत्रीय सहयोगलाई बढावा दिने गरी सहमति भएको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ माघ २०७६ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App