७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमसिसी कार्यान्वयनमा ल्याउन नहुने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं - देशभक्त गणतान्त्रिक मोर्चाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा ल्याउन नहुने भन्दै ज्ञापन पत्र बुझाएको छ। मंगलबार प्रधानमन्त्री कार्यालयमा मोर्चाको टोली पुगेर उक्त ज्ञापन पत्र बुझाएको हो।

मोर्चाका संयोजक सिपी गजुरेलले ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आफुहरुले एमसीसी कार्यान्वयन गर्न नहुने र भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका स्थान कब्जा गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको बताए। उनले प्रधानमन्त्री ओलीले एमसीसी संसदबाट पास हुने र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिएका थिए।

त्यस्तै नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपूलेक लगायतमा भारतले मिचेको भूमि फिर्ता गर्न सचिवस्तरबाट वार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताए।

संयोजक गजुरेलले एमसीसी कार्यान्वयनमा आए नेपालमा अमेरिकी सेनाको प्रवेश हुने र नेपाललाई अफगानिस्तान, इराक र सिरिया बनाउने सम्भावना रहेको बताए। उनले ५५ अर्ब पाउने लोभमा नेपालको स्वतन्त्रतामाथि आँच पुग्ने काम सरकारले गर्न लागेको बताए। त्यस्तै उनले सरकारले नेपालको नयाँ नक्सा जारी गर्न नसकेको तथा आफ्नो जमिनमा अधिकार स्थापित गर्न सरकारले नै चासो नदेखाएको आरोप समेत बताए।

प्रकाशित: २८ माघ २०७६ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App