१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ठाकुर ज्ञवाली बने प्रहरी महानिरीक्षक

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन्। मन्त्रिपरिषदको आज बसेको बैठकले ज्ञवालीलाई प्रहरीको २७ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय थिए। उनीहरुलाई ज्ञवालीले पछि पारेका हुन्।

उनी प्रदेश नम्वर १ को प्रहरी प्रमुख रहेका थिए। वर्तमान आइजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अवकास पाएका छन्।

आईजीपी खनालसँगै एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातले पनि अवकास पाएका छन्।

३० वर्षे सेवा अवधिका कारण ज्ञवालीले ५ महिना प्रहरीको नेतृत्व सम्हाल्ने छन्। उनी २०४७ मा सेवा प्रवेश गरेका थिए।

प्रकाशित: २८ माघ २०७६ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App