७ वैशाख २०८१ शुक्रबार
समाज

हत्या गरिएको अवस्थामा शव फेला

बारा- प्रसौनी गाउँपालिका-७ बलुवा टोलमा हत्या गरिएको अवस्थामा एक १४ वर्षिय किशाेरको शव मंगलबार बिहान फेला परेको छ। फेला परेको शव प्रसौनी-७ बलुवा टोलका रोशन चौधरीको रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

सोमबार साँझ गाउँबाट घुमेर आउँछु भनी घरबाट बाहिर गएका तर रातिसम्म घर नफर्केपछि परिवारले खोजबिन गर्दा सहनीको शव फेला परेको गौतमले बताए। शवको अवस्था हेर्दा टाउकोमा ईट्टाले हानेको र शरीरिरको अन्य भागहरुमा चोटको निशान जस्तै देखिएको घटना स्थलमा पुगेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताएका छन्।

सहनीको हत्या कुन कारणले गरिएको र त्यसमा संलग्न रहेकाहरुलाई पक्राउ गर्न बिशेष प्रहरी परिचालन गरिएको पंगेनीले बताए। सामान्य परिवारका सदस्य रहेका सहनीको हत्या रिसबी वा कसैसँगको परिवारीक विवादलगाएत सबै पक्षमा अनुसन्धान सुरु गरिएको उपरीक्षक पंगेनीले बताए।

शवको पोष्टमार्टम रिपोट आएपछि थप कुरा खुल्ने उनले बताए। राधे श्याम सहनीका छोरा रहेका मृतकका पाँच दिदीबहिना छन्।
 

प्रकाशित: २८ माघ २०७६ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App