coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्य अवस्था सुधार्न समिक्षा : स्थानीय तह जिम्मेवार हुन सुझाव

बाजुरा- स्वास्थ्य कार्यालय बाजुराले जिल्ला स्तरीय योजना तर्जुमा तथा समिक्षा कार्यक्रम सञ्चालन गरेको छ। जिल्लाको समग्र स्वास्थ्य अवस्थाको समिक्षा र सुधारका लागि गर्न पर्न पहलबारे दुई दिने गोष्ठी आयोजना गरि समिक्षासहित योजना तयार गरेको छ।

नौवटै स्थानीय तहका स्वास्थ्य संयोजक, सरोकारवाला निकाय, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय बाजुराका प्रतिनिधि सहभागी गोष्ठीबाट जिल्लाको स्वास्थ्य अवस्था सुधारका सूचक तयार गरिएको कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन्।

परिवार नियोजन, नियमित गर्भ जाँच, संस्थागत सुत्केरीको अवस्था, खोपको पहुँच र औषधि व्यवस्थापन तथा उपचार सेवाबारे बिस्तृत समिक्षासहित योजना तयार गरिएको अधिकृत पन्तले बताएका छन्। स्वास्थ्य सेवामा नागरिकको पहुँच उल्लेख्य रहेपनि अझै सुधारको अवस्था आवश्यक रहेको उक्त गोष्ठीबाट निष्र्कष निकालिएको छ। नियमित गर्भ जाँच गराउनेको अवस्था अझै कम रहेको, अधिकांश स्थानीय तहमा समयमै औषधि सेवा उपलब्ध नभएको र त्यसमा स्थानीय सरकार पनि जिम्मेवार नभएको बारे समिक्षा गरिएको छ।

संस्थागत सुत्केरी गराए वापतको सुविधा र न्यानो झोला नपाएको, खोपका लागि कोल्टी क्षेत्रमा सहज पहुँच नभएको र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा चिकित्सक उपलब्ध गराउने वातावरण निर्माणका लागि स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्नेबारे पनि छलफल भएको छ।

जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकायाले गोष्ठीको उद्घाटन गरेका हुन्। स्वास्थ्य सबैभन्दा संवेदनशिल विषय भएकोले यसमा स्वयम् स्थानीय सरकार जिम्मेवार हुनु पर्ने र समस्या आइसकेपछि मात्र सोच्ने परिपार्टीको अन्त्य गर्न रोकायाले सुझाव दिएका छन्।

बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह लगायतले स्वास्थ्यको गति सुधारको दिशा तर्फ गएपनि अझै गुणस्तरीयता प्रदान गर्न सुझाव दिए। कार्यक्रम रेडियो बाजुराको सिकाइ केन्द्रमा सञ्चालन गरिएको कार्यालयका सूचना अधिकारी रामचन्द्र जैशीले बताएका छन्।

प्रकाशित: २८ माघ २०७६ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App