७ वैशाख २०८१ शुक्रबार
समाज

अख्तियारमा स्थानीय तहका उजुरी बढी

बैतडी- सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालयमा स्थानीय तहका भ्रष्टाचार उजुरी दर्तामा बैतडी प्रदेशमै तेस्रो नम्बरमा देखिएको छ। स्थानीय तहका आर्थिक अनियमितताका उजुरी दर्तामा कैलाली, कञ्चनपुरपछि तेस्रो नम्बरमा बैतडी रहेको अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ भन्दा पनि यस आर्थिक वर्षमा उजुरी बढेको पाइएको छ। आर्थिक वर्ष २०७५/०७६ को पुस मसान्तसम्म २९ उजुरी दर्ता भएका थिए भने यस वर्षको पुस मसान्तसम्म ४० उजुरी दर्ता भइसकेको आयोग कञ्चनपुरका कार्यालय प्रमुख बावुराम खतिवडाले बताए।

अघिल्लो वर्षमा विकास निर्माण र अन्य ४४ र शिक्षा सम्बन्धि ५२ उजुरी थिए। आर्थिक वर्ष २०७५/०७६ मा ३० उजुरी फच्र्यौट भएका थिए। यो वर्ष ११ शिक्षा र २९ विकास निर्माण लगायत अन्यसँग सम्बन्धित उजुरी दर्ता भइसकेका प्रमुख खतिवडाले बताए। १६ उजुरी फच्र्यौट भएका छन् भने अन्य उजुरी अनुसन्धानमा छन्।

स्थानीय तह बाहेक जिल्लाका अन्य कार्यालयका भ्रष्टाचार उजुरी पनि बढ्दै गइरहेको अख्तियारले जनाएको छ। बैतडीमा रहेका उद्योग वन तथा पर्यटन मन्त्रालय अन्तर्गतका कार्यालयका ३ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका कार्यालयका चार उजुरी दर्ता भएका छन्। सबैभन्दा बढी विकास निर्माण प्रकृतिका स्थानीय तहका उजुरी आउने गरेको कार्यालयले जनाएको छ।

 

प्रकाशित: २८ माघ २०७६ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App