८ वैशाख २०८१ शनिबार
राजनीति

आफ्नो कार्यकालमा भएका निर्णयको जिम्मा पूर्व प्रधानमन्त्रीहरुले लिनुपर्छः सांसद गिरी

काठमाडौं - समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भए पनि मुद्दाको छानबिन हुनुपर्ने बताएकोले सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताइन्।

हिन्दीमा सम्बोधन गरेकी गिरीले भनिन्, ‘हाम्रो दलका संघीय परिषदका नेता पूर्व प्रधानमन्त्री माननीय बाबुराम भट्टराइको पनि यस विवादमा नाम तानिएको छ। उहाँले भन्नुभएको छ। मेरो नाम आए के भो त रु यस मुद्धाको जाँचबुझ हुनुपर्छ।
म अनुरोध गर्छु सबै पूर्व प्रधानमन्त्रीहरुलाई, तपाइको मन्त्रिपरिषदको निर्णयको आधारमा गृहमन्त्री वा कुनै मन्त्रीलाई मुद्धा लाग्छ भने त्यसको नैतिक दायित्व तपाइहरुले पनि लिनुपर्छ।'

चीनको कारोना प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउने विषयमा संसदमा जुन आवाज उठ्नुपर्ने बेला लगातार संसद अवरुद्ध हुनु दुःखद भएको उनले बताइन्। जीवन मरणको अवस्थामा रहेका निर्दोष व्यक्तिहरुको उद्धारका लागि उनले सरकारको ध्यानाकर्षण समेत गराइन्।

प्रकाशित: २८ माघ २०७६ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App