coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हथौडा प्रहार गरी वृद्धको हत्या

रौतहट- रौतहटमा अपरिचित व्यत्तिको समूहले एक बृद्धको हथौडा प्रहर गरी हत्या गरेको छ। दुर्गा भगवती गाउँपालीका ३ मत्सरी पर्साटोलका ६५ बर्षिय फेकन पण्डितको अपरिचित समूहले उनकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको हो। सोमबार राति खाना खाएर घर देखी करिब १ किलोमिटरको दुरीमा रहेको गाइगोठमा सुत्न गएका पण्डित मंगलबार बिहान अवेरसम्म घरमा नफर्केपछि परिवारका सदस्यहरुले गोठमा हेर्न जाँदा उनको टाउकोमा हथौडा प्रहार गरेर विभत्स हत्या गरेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घर मै सुतिरहेको अवस्थामा उनलाई हथौडाले टाउकोमा हानेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाको विषयमा गहन रुपमा अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रम्ख एसपी रविराज खडकाले बताए। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा लगिएको उनले बताए।

प्रकाशित: २८ माघ २०७६ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App