coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइपक्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार उपत्यकाभर ३० किलोमिटर पाइप क्षतिग्रस्त भएको छ।

कलंकी–कोटेश्वर सडक निर्माणको क्रममा नौ सय ७० मिटर खानेपानीको पाइपलाइन क्षतिग्रस्त भएको निर्देशनालयले जनाएको छ। काठमाडौं,भक्तपुर र ललितपुरका विभिन्न स्थानमा ३० किलोमिटरभन्दा धेरै पाइप क्षतिग्रस्त भएका छन्। निर्देशनालयका कार्यकारी प्रमुख भोजविक्रम थापाले चक्रपथ सडक सुधार योजना, सडक विभाग, ढल विभाग, सडक डिभिजन कार्यालय र स्थानीय तहले सडकतथा ढल निर्माणको क्रममा मेलम्ची खानेपानी आयोजनाले बिछ्याएको पाइपमा क्षति पु-याउने बताए।‘विभिन्न सरकारी निकायले सडक र ढलको काम गर्दा आयोजनाले बिछ्याएको पाइपलाइनमा क्षति पु-याएका हुन्,’ उनले भने,‘सम्बन्धित निकायलाई पत्राचार गरेर क्षतिपूर्तिको लागि ताकेता गरिरहेका छौं। तरउनीहरुले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएका छैैनन्।

कार्यकारी प्रमुख थापाका अनुसार अर्थ मन्त्रालयले क्षतिग्रस्त पाइप फेर्न अहिलेलाई रकम दिने र पछि सम्बन्धित निकायबाट असुलउपर गर्ने आश्वासन दिएको छ। निर्देशनालयले पाटन क्षेत्रमा ३२ किलोमिटर क्षेत्रमा मात्रै पाइपलाइन विस्तारको काम बाँकी रहेको जनाएको छ। निर्देशनालयका अनुसार बल्कलाइनमा ७७ किलोमिटर र वितरण प्रणालीअन्तर्गत ११ सय ३२ किलोमिटर पाइप बिछ्याइनेछ। अब जम्मा ३२ किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ। आयोजनाले वितरण प्रणालीमार्फत प्राइमरी,सेकेन्डरी र टर्सरी गरेर तीन भागमा विभाजन गरी घरघरमा खानेपानीको पाइप पु-याइएको छ।

पाइपमा क्षती पु-याउने चक्रपथ सडक सुधार योजना, सडक विभाग, ढल विभाग, सडक डिभिजन कार्यालय र स्थानीय तह

निर्देशनालयका अनुसार करिब २७ लाखभन्दा धेरै जनसंख्यामा मेलम्चीको खानेपानी पुग्नेछ। मेलम्ची खानेपानी उपआयोजना–१ ले मेलम्चीको पानी सुन्दरीजल खसाल्नेबित्तिकै जनताको घरदैलोमा वितरण गर्ने तयारी गरेको निर्देशनालयले जनायो। मेलम्चीको पानी सुन्दरीजलमा खस्नेबित्तिकै उपत्यकाबासीको घरघरमा पु-याउनेछौं,’ उनले भने,‘हाम्रो तर्फबाट लगभग सबै तयारी पूरा भइसकेको छ।त्यसैले जतिसक्दो छिटो वितरण गर्नेछौं। काठमाडौं उपत्यकामा खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल भएकाले खानेपानीको अभाव देखिएको  छ। उपत्यकामा दैनिक खानेपानीको माग ४१ करोड ५० लाख लिटर छ। केयुकेएलले दैनिक१० करोड ७२ लिटर पानी वितरण गर्दै आएको छ। त्यसमध्ये २० प्रतिशत पानी चुहावटमै सकिने केयुकेएलको दसौं वार्षिक प्रतिवेदनमा उल्लेख छ।

बर्सेनि चुवाहट बढ्दै गइरहेपनि केयुकेएलले चुहावट रोक्न प्रभावकारी योजना ल्याउन सकेको छैन, जसले गर्दा उपभोक्ता खानेपानीको मार खेप्न बाध्य छन्। केयुकेएलले मागको एक चौथाइ मात्रै पानी उपलब्ध गराउँदै आएको छ। केयुकेएलका अनुसार  राणाकालीन जीर्ण पाइपलाइन, पुरानो वितरण प्रणाली, बिग्रिएका भल्व,प्रेसर, धरातलीय स्वरुपकै कारणले सहज रुपमा खानेपानी वितरण गर्न नसकिएको हो। उपत्यकामा केयुकेएलले दुई लाख १८ हजार दुई सय ९१ घरघुरीमा पानी उपलब्ध गराउँदै आएको छ। जारमार्फत दैनिक २० लाख लिटर र बोतलमार्फत करिब साढे दुई लाख लिटर पानी किनबेच हुने गरेको तथ्यांक व्यवसायीसँग छ।

प्रकाशित: २८ माघ २०७६ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App