६ वैशाख २०८१ बिहीबार
समाज

पारामोटर निर्मातालाई सहयोग

मकवानपुर – पारामोटर निर्माण र उडान गरेर चर्चामा आएका सरोज प्रजालाई नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले सहयोग गरेको छ। चितवनको राप्ती नगरपालिका–२, गड्यौलीका प्रजालाई ५० हजार रुपैया“ सहयोग रकम प्रदान गरिएको हो।

कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानिया“ र उपनेता कृष्णलाल भडेलले कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा सोमबार सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। यसअघि एकसिटे पारामोटर निर्माण गरेर उडाएका प्रजाले हाल दुई सिटे पारामोटर निर्माण गरिरहेका छन्।

‘नयाँ पारामोटर निर्माण गर्न करिब २५ लाख रुपैया“ लाग्छ, सहयोग रकमले हौसला मिलेको छ,’ उनले भने, ‘अरू सहयोगीले सहयोग गरे चाँडै दुई सिटे पारामोटर आकाशमा उडाउनेछु।’ उनका अनुसार नयाँ पारामोटर एक हजार मिटरसम्म उचाइमा र प्रतिघण्टा ६० किलोमिटरको गतिले उडाउन मिल्नेछ। ‘फागुनभित्र निर्माणाधीन पारामोटरको परीक्षण गरिसक्ने लक्ष्य लिएको छु,’ उनले भने।

वाग्मती प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रमअन्तर्गत सहयोग गर्ने वचन दिए पनि रकम उपलब्ध नगराएको भन्दै दुःख पनि व्यक्त गरे। प्रजाले दुई वर्षअघि २०७४ चैत १ गते एक सिटे पारामोटर आफैले निर्माण गरी उडानको सफल परीक्षणसमेत गरेका थिए।

प्रकाशित: २८ माघ २०७६ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App