५ वैशाख २०८१ बुधबार
समाज

सेल्फी खिच्ने क्रममा बसकाे ठक्करबाट मृत्यु

सुरुङ्गा (झापा)– मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिच्ने क्रममा बसकाे ठक्करबाट फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुक्रबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नंको बसले कोल्बुङ, सानो पाथीभरा नजिकै सेल्फी खिंच्दै गरेका पाँचथरका सम्बाहाम्फेलाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

सोही घटनामा २५ वर्षीय रोशन कन्दङ्वालाई गम्भीर घाइते भई उपचारका लागि झापातर्फ ल्याइँदै गरेको बताइएको छ। झापाबाट पाँचथरतर्फ मे ६ प २४१ नंको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडक पेटीमा मोटरसाइकल रोकेर कोल्वुङमा सेल्फी खिच्दाखिच्दै बसले ठक्कर दिएको थियो। रासस

प्रकाशित: १५ पुस २०७३ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App