७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारविरुद्ध सदनदेखि सडकसम्म संघर्षमा उत्रिने समय आयोः सहमहामन्त्री महत

काठमाडौं -  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले आफू अनुकुल नभएकाहरुलाई दुख दिने काममा लागेको बताएका छन। सोमबार बिहान आफ्नै निवास बासबारीमा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यबसायी एशोसियसनका नव निर्वाचित कार्यसमितिसँग भेटघाट गर्दै डाक्टर महतले यस्तो बताएका हुन।

 उनले सरकारको अहिलेको शैलीकाविरुद्ध नेपाली कांग्रेस एक ढिक्का भएर लड्ने पनि बताए। अब एक अर्कालाई लान्छवना लगाएर हिड्ने अवस्था नभएको भन्दै अहिलेको सर्वसत्तावादी सरकारका विरुद्धमा सदनदेखि सडकसम्म संघर्षमा उत्रिने समय आएको पनि स्पष्ट पारे।

डाक्टर महतले नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यबसायी एशोसियसनका नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै सहयोग गर्न आफू तयार रहेको बताए।

प्रकाशित: २७ माघ २०७६ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App