coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रिय मिडिया सम्मेलन, होलेरी आउँदै दर्जनौं पत्रकार

रोल्पाको होलेरी। तस्बिरःदिनेश/नागरिक

रोल्पा - माओवादी द्वन्दको सुरुवाती ठाउँ रोल्पाको होलेरीमा यहि फागुन १ र २ गते हुने राष्ट्रिय मिडिया सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। रुन्टीगढी गाउँपालिकाको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा देश भरका एक सय बढी पत्रकारको उपस्थिति रहने आयोजकले जनाएको छ।

सो अवसरमा होलेरी प्रहरी चौकी आक्रमण गरिएको स्थानमा तयार गरिएको शान्ति स्मारकको उद्घाटन समेत हुनेछ। प्रहरी चौकी आक्रमण मध्यका एक कमाण्डर उर्जा मन्त्री वर्षमान पुनले उक्त स्मारकको उद्घाटन गर्नेछन्। त्यसपछिको औपचारिक कार्यक्रममा विभिन्न ब्यक्तिहरुले फरक फरक बिषयमा कार्यपत्रहरु प्रश्तुत गर्नेछन्। ‘होलेरी आक्रमणको कथा’ शिर्षकको शत्रमा पत्रकार टिकाराम यात्रीले सहजिकरण गर्नेछन् भने बक्ताका रुपमा उर्जा मन्त्री बर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती रहने छन्।

डा. गोविन्द आचार्यले ‘किन आउने होलेरी’ शिर्षकको कार्यपत्र प्रश्तुत गर्नेछन्। ‘छायामा पत्रकार, छायामा समाचार’ छलफलका लागि बरिष्ठ पत्रकार नारायण बाग्ले र टिकाराम यात्रीले समय लिनेछन्। ‘संघीयता, संचार, समाचार र संचारकर्मी’का बिषयमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेल, पत्रकार नारायण अमृत र पत्रकार महासंघ प्रदेशले छलफल गर्नेछन्।

आयोजकका अनुसार ‘संचार र समृद्धि’ बिषयमा पत्रकार किरण नेपाल, प्रशान्त अर्याल र पत्रकार महासंघ केन्द्रले छलफल गर्ने छन भने ‘रोल्पा, राजनीति, द्वन्द र अर्थतन्त्र’का बिषयमा पत्रकार गंगा बिसी र नबिन बिभाषले छलफल गर्नेछन्।

होलेरीमा सम्पन्न हुने राष्ट्रिय मिडिया सम्मेलनले भ्रमण वर्ष २०२० को मुल मान्यतालाई पच्छ्याउनुका साथै देशै भरका पत्रकारको उपस्थितिले रोल्पाका कथा अनि १० बर्षे द्वन्दको नालीबेली पस्किन सजिलो हुने आयोजकले बिश्वास लिएको जनाएको छ।

गाउँपालिका अध्यक्ष बालाराम बुढाले सम्मेलनको तयारी सकिएको बताए। उनले भने ‘हामी १ गतेको प्रतिक्षामा छौ।’ बुढाका अनुसार सम्मेलन पश्चात होलेरीको मात्र नभएर आम पाठकले फेरि एक पटक रोल्पालाई पढ्न र बुझ्न पाउने छन्।

जिल्लामा राष्ट्रिय मिडिया सम्मेलन आयोजना हुन थालेकोप्रति पत्रकार महासंघ रोल्पाका सस्थापक अध्यक्ष काशिराम डागी खुसी छन्। ‘बरिष्ठ सम्पादक र पत्रकारहरुलाई रोल्पासम्म ल्याएर बोल्न र सुन्न लगाउनु हाम्रो लागि अवसर हो।’ उनि भन्छन् ‘सशस्त्र द्वन्दका कारण लामो समय बिकासको मुलधारबाट पछाडि पारिएको रोल्पालाई बुझाउने अवसरका रुपमा लिन सकिन्छ।’

प्रकाशित: २७ माघ २०७६ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App