coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सानेपा घटना : पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु, कामदार पनि मृत भेटिए

काठमाडौं - पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ। सोमबार बिहान ललितपुरको सानेपास्थित घरको भान्सामा अचेत अवस्थामा फेला परेकी मुनाको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङकाअनुसार मुनाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। भान्सा कोठामै रगतले लत्पतिएको अवस्थामा फेला परेकी मुनालाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उनकाे मृत्यु भयाे।

यस्तै कार्कीकै घरमा काम गर्ने कामदार पनि झुण्डिएको अवस्थामा फेला परेका थिए। कामदारका रुपमा कार्यरत दाङ घर भएका २२ वर्षीय विजय चौधरी साेमबार नै बिहान भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। कामदार चौधरीले मुनाको हत्या गरेर पछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यदपि घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी तामाङले बताए।

प्रकाशित: २७ माघ २०७६ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App