coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रा.डा. पुरूषाेत्तमलाेचन श्रेष्ठलाई ‘इतिहासरत्न’ उपाधि

भक्तपुर– इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठलाई ‘इतिहासरत्न’ उपाधिले आज यहाँ सम्मान गरिएको छ ।

धालाँखुसि ल्वहँहिति सुधार समिति भक्तपुरले यहाँ आयोजना गरेको कार्यक्रममा जोशी रिसर्च इन्स्टिच्युट ललितपुरले उनलाई उक्त उपाधिले सम्मान गरेको हो। कार्यक्रममा प्रा डा श्रेष्ठद्वारा लिखित ‘गुहा, गुहालेख, गुहाचित्र एवम् अन्य सम्पदा’ र ‘धालाँखुसि र फलेहिति’ शीर्षक दुई ग्रन्थको लोकार्पण समेत गरियो ।

सो अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले इतिहासको अध्ययन गर्ने विद्यार्थी समेत नभइरहेको अवस्थामा इतिहास र सम्पदालाई जोगाउन यस्ता पुस्तकले ठूलो टेवा पु¥याउने बताए।

पुस्तक प्रकाशक विनोदराज शर्मा, समीक्षक प्रकाश दर्नाल, विश्वमोहन जोशी, सुधादेवी श्रेष्ठ, डा सरिता थापा, कृष्णप्रसाद दुमरुलगायतले प्रकाशित कृति इतिहासको दस्तावेज हो भने। रासस

प्रकाशित: १५ पुस २०७३ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App