८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आत्मघाती कार बम विस्फोटमा १२५ को मृत्यु

बगदाद— इराकको राजधानी बगदामा भएको बम हमलामा मारिनेको संख्या १२५ पुगेको बीबीसीले जनाएको छ। हमलाको जिम्मेवारी आतंकवादी समूह इस्लामिक स्टेटले लिएको छ। शनिबार कराडास्थित अति व्यस्त सहरकाबीच एउटा आत्मघाती कार विस्फोट गरिएको  अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सो क्षेत्रमा सर्वसाधारणको किनमेल र मनोरन्जनका लागि चहलपहल थियो। त्यसको केही क्षणपछि नै राजधानीबाट केही उत्तर शिया समुदायको बाहुल्य रहेको क्षेत्रमा अर्को विस्फोट गराइएको संचारमाध्यमले उल्लेख गरेका छन्।

गत हप्तापनि फजुल्लाहामा प्रहरीका जवान सवार बसमा लक्षित गरी इस्लामिक स्टेट आइएसआइले विस्फोट गराएको थियो। सो विस्फोटमा परी ४० प्रहरी जवानको मृत्यु भएको थियो।

विस्फोट गरिएको उक्त सहर आइएसआई विरुद्धको कारबाहीका लागि प्रयोग गरिँदै आइएको थियो। सो विस्फोटको आइएसआईले अनलाइनमा एक विज्ञप्ति जारी गर्दै  जिम्मा लिएको छ।

दोस्रो हमला बगदाददेखि उत्तरस्थित एक शिया बहुल क्षेत्रमा गराइएको थियो। त्यसमा चार जनाको मृत्यु भएको छ। घटनास्थल पुगेका इराकी प्रधानमन्त्री हैदर अली आब्दीलाई आक्रोसित स्थानीयले ढुंगा प्रहार गरेका थिए।

भिडियो

प्रकाशित: १९ असार २०७३ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App