coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

साहित्यिक कार्यक्रम सम्पन्न

भक्तपुर – चाँगुनारायाण साहित्यिक समाजको आयोजनामा १२ औं नियमित साहित्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा साहित्य मानव जीवनको अभिन्न अंग भएको र यसले जीवनमा आइपर्ने समस्याहरूको समाधानका लागि महत्वपूर्ण मार्गनिर्देशन दिने बताएका थिए। साहित्यलाई सबै क्षेत्रबाट विकास गर्नुपर्नेमा सहभागीको भनाइ थियो।

कार्यक्रममा साहित्यकारहरू रमेशप्रसाद सागर, तेजकृष्ण श्रेष्ठ, लक्ष्मी थापा, दधिराम गेलाल, रामशरण न्यौपाने, बाबुकाजी माकजू (बि.के. माकजू), हरिगोविन्द भोमीलगायतका सर्जक स्रष्टाहरूले रचना वाचन गरेका थिए। चाँगुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादर भूजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वसन्ती भुजेलले गरेकी थिइन्।

प्रकाशित: २७ माघ २०७६ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App