८ वैशाख २०८१ शनिबार
अर्थ

न्युराेडमा पाँच तले स्वचालित कार पार्किङ निर्माण गर्न अध्ययन

काठमाडौँ– न्युराेडमा निर्माण गर्ने भनिएकाे चार सय गाडी अट्ने स्वचालित कार पार्किङका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।

व्यापारिक केन्द्र नयाँ सडक क्षेत्रको भिड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस्तो पार्किङ स्थल बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी गराए। अध्ययनको जिम्मा युनिभर्सल होल्डिङ नेपालले पाएको छ।

अध्ययन पूरा गरेपछि कापमाले निर्माणको काम सुरु गर्नेछ। पार्किङ निर्माण गरेसँगै सडकमा हुने ट्राफिक चाप व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ। पाँच तला रहने सो पार्किङ स्थल बनाउन करिब रु एक अर्ब लगानी लाग्ने अनुमान छ। उक्त भवनमा दुई तलाको भूमिगत पार्किङ समेत हुनेछ।

सार्वजनिक निजी साझेदारीका ढाँचामा नयाँ सडक, पिपलबोट नजिक रहेको महानगरपालिकाको जग्गामा उक्त पार्किङ स्थल बनाइने छ ।

मुख्य द्वारबाट गाडी छिराएर चालकले एउटा कार्ड लिई पार्किङ स्थल हेरी लिफ्टमा पठाउनुपर्छ । त्यसपछि आफूले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नम्बर थिचेपछि लिफ्टबाट नै तलमाथि गर्न सकिन्छ । रासस

प्रकाशित: १५ पुस २०७३ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App