७ वैशाख २०८१ शुक्रबार
राजनीति

सभामुख र सांसदबीच दोहोरी

काठमाडौं – प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बोल्न समय नदिएपछि सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूबीच दोहोरी चलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा अनियमितता प्रकरणमा कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई मुद्दा दायर गरेपछि निरन्तर सदन अवरुद्ध गर्दै आएको कांग्रेसले आइतबारको बैठक पनि आफ्ना भनाइ राखेर अवरुद्ध गर्ने तयारी गरेको थियो। तर दिउँसो पौने दुई बजेबाट सुरु भएको संसद् बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद उबलश्रफ्नो स्थानबाट उठेपछि सभामुख सापकोटाले सदन सञ्चालन गर्न सहयोगका लागि आग्रह गरेका थिए। सभामुखले भने, ‘दुई दिनसम्म शालीनतापूर्वक तपाईहरूको कुरा सुनिसकें अब अदालतमा गएको विषयमा नबोलौं।’

सभामुखले बोलिसकेपछि समय नलिइकनै कांग्रेस सांसद बडूले अख्तियारले विभेदपूर्ण ढंगको व्यवहार गरेकोमा आफूहरूको आपत्ति रहेको बताए। उनले भने, ‘कानुनको नजरमा सबै समान हुन्छन्। हाम्रो नेतालाई कारबाही भयो भन्नेमा आपत्ति होइन। विभेदपूर्ण व्यवहार भएकोमा आपत्ति हो।’ सांसद बडूले समय नलिइकनै बोलेको भन्दै नेकपाकी सचेतक शान्ता चौधरीले नियमापत्ति गर्न खोजेकी थिइन् तर उनले आफ्नो भनाइ राख्न भने पाइनन्।

‘मैले तपाईलाई बोल्न समय दिएको छैन तर तपाईको कुरा सुने बिट मार्नुस्,’ सभामुख सापकोटाले भने, ‘संसद्को कार्यक्षेत्रभित्र सो कुरा पर्दैन। संविधानको १०५ नम्बर धाराको पनि तपाईलाई जानकारी छ, प्रतिनिधिसभा नियमावली २०७५ को २१ (घ) को पनि जानकारी छ। त्यसकारण तपाई बस्नुस्, सदन चलाउनका लागि सहयोग गरौं।’ सांसद् बडुले आफूलाई बोल्न समय नै नदिएकोमा आपत्ति जनाउँदै बोल्न पुनः समय माग गरेका थिए। तर उनलाई भनाइ राख्न सभामुखले नदिएपछि १० मिनेटसम्म चलेको बैठक २८ गतेसम्मका लागि स्थगित भएको थियो।

प्रकाशित: २७ माघ २०७६ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App