coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नसिमको कीर्तिमानसँगै पाकिस्तान जितनजिक

रावलपिन्डी – तीव्र गतिका युवा बलर नसिम साहले टेस्ट क्रिकेटमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छो खेलाडीको विश्व कीर्तिमान आइतबार बनाएसँगै पाकिस्तान बंगलादेशविरुद्धको पहिलो टेस्टमा जितनजिक पुगेको छ।

यसअघि बंगलादेशका अशोक कपालीले सन् २००३ मा १९ वर्षमा टेस्टमा ह्याट्रिक लिएका थिए। नसिमले आफ्नो सातौं ओभरको चौथो बलमा नाजमुल हुसेन सान्टुलाई ३८ रनमा एलबिडब्लु आउट गर्दै पहिलो शिकार बनाए। नसिमले पाँचौं बलमा तैजुल इस्लामलाई र अन्तिम बलमा महमुदुल्लाहलाई खाता नखोल्दै पवेलियन पठाउँदै ह्याट्रिक पूरा गरेका थिए। काँधमा चोट बोक्दै मैदानबाट बाहिरिनुअघि नसिमले ४ विकेट लिँदा २६ रनमा खर्चिए।

तेस्रो दिन बंगलादेश १२४–२ को अवस्थाबाट इनिङ अगाडि बढाउन संघर्ष गरिरहँदा नसिमले ह्याट्रिकसहित कीर्तिमान बनाएका थिए। १६ वर्ष ३ सय ५९ दिनका नसिम टेस्ट क्रिकेटमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडी भएका हुन्।

सैफ हसन १६ रनमा र तमिम इकबल ३४ रनमा आउट भएपछि सान्टु र मोमिनल हकले तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। तर, नसिमले सान्टुलाई पवेलियन पठाउँदै त्यो साझेदारी तोडे। मोमिनल भने ३७ रनमा क्रिजमा छन्। अर्को छेउबाट नसिमले विकेट लिएपछि तेस्रो दिन सकिँदा बंगलादेश १२६–६ विकेटको नाजुक अवस्थामा छ। दुई दिनको खेल बाँकी छँदा बंगलादेशलाई इनिङसहितको हारबाट जोगिन ८६ रन आवश्यक छ। गत वर्ष पनि नसिम अस्ट्रेलिया भ्रमणको क्रममा टेस्ट क्रिकेटमा पाँच विकेट लिने दोस्रो तीव्र गतिका कान्छो खेलाडी भएका थिए। पाकिस्तानले ४ सय ४५ रन बनाएपछि इनिङ समाप्तीको घोषणा गर्दै बंगलादेशलाई ब्याटिङमा निम्त्याएको थियो। पाकिस्तानका बाबर आजमले १ सय ४३ रन र हेरिस सोहेलले ७५ रनको योगदान दिएका थिए।

तेस्रो दिन बंगलादेश १२४–२ को अवस्थाबाट इनिङ अगाडि बढाउन संघर्ष गरिरहँदा नसिमले ह्याट्रिकसहित कीर्तिमान पनि बनाए। १६ वर्ष ३ सय ५९ दिनका नसिम टेस्ट क्रिकेटमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडी भएका हुन्।

प्रकाशित: २७ माघ २०७६ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App