coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री अस्वस्थ

फाइल तस्बिर

काठमाडौं – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आइतबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओलीलाई थप आराम आवश्यक परेपछि बैठक स्थगित भएको थियो।

नेकपा सचिवालयको बैठक आइतबार बिहान ११ बजे बस्ने भनिएको तय भएको थियो। केन्द्रीय कमिटीले पास गरेका पार्टीका कार्ययोजना, राजनीतिक प्रतिवेदन तथा पार्टीको अन्य कार्यक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो। आइतबार नै अमेरिकी सहयोगअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे पनि छलफल गर्ने कार्यतालिका थियो।

नेकपा सचिवालय बैठक स्थगित

अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली सरकारले आयोजना गरेको सगरमाथा संवादको पहिलो कार्यक्रममा समेत सहभागी भएनन्। सो कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए। सम्मेलन काठमाडौंको याक एन्ड यती होटलमा आयोजना गरिएको थियो।

प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका अनुसार शनिबार मिर्गौलाको डायलासिस गरेका कारण आइतबार बिहान र दिउँसोका कार्यक्रम स्थगित भएका हुन्। तर अपराह्न राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकमा भने ओली सहभागी भएका थिए। प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंएका अनुसार बिहान स्वास्थ्यमा सामान्य समस्या आएका कारण बिहान र दिउँसोको कार्यक्रममा सहभागी नभएका ओली अपराह्नको कार्यक्रममा भने सहभागी भएका हुन्।

प्रकाशित: २७ माघ २०७६ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App