coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुढानिलकण्ठमा ट्रकको ब्याट्रि चोरी गर्दागर्दै एक पक्राउ

काठमाडौं– बुढानिलकण्ठ नगरपालिका–१० गल्फुटारस्थित माइक्रो बसपार्कमा पार्किङ गरी राखेका २ वटा मिनीट्रकको ब्याट्री चोर्ने क्रममा काठमाडौं धापासी बस्ने २४ वर्षीय राजेन्द्र महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ।

उनको साथबाट बिभिन्न कम्पनीका १५ थान घडी, बिभिन्न कम्पनीका ब्याट्री नभएका मोबाइल ५ थान, ३ क्वाईल तार, १ थान डेक्ची, १ थान ताप्के, ईमरजेन्सी लाइटको ब्याट्री १ थान, टर्चलाइट १ थान र मोबाइलको ब्याट्री ३ थान समेत बरामद भएको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।

प्रकाशित: १५ पुस २०७३ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App