८ वैशाख २०८१ शनिबार
अर्थ

‘उज्यालो नेपाल अभियानमा विभिन्न तत्वबाट निरन्तर बाधा’

फाइल तस्बिरः उर्जा मन्त्री जनार्दन शर्मा

सिल्दुुजुरे(कास्की)– उर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्वले निरन्तर वाधा हालिरहेको बताएका छन्।

कास्की जिल्लाको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्। आफू मन्त्री भएदेखि अहिलेसम्म ५ वटा मुद्दाको सामना गरिरहेको जानकारी गराउँदै उनले यस्तो हर्कतले उज्यालो नेपाल बनाउने अभियानमा बाधा उत्पन्न भइरहेको बताए।

कतिपयले ऊर्जा कहाँ बेच्ने भन्ने चिन्ता व्यक्त गरिरहेको भन्दै उनले उर्जा बेच्नेतिर नभई स्वदेशमै खर्च गर्ने योजना रहेको बताए। मन्त्री शर्माले इमान्दारितार्पूवक र विधिसम्मत ढंगले काम गर्दा पनि अनावश्यक राजनीति गरेर हैरान पारिएको गुनासो गरे।

“काम गर्न नदिएर हैरान पार्ने गरिएको छ तर म निराश हुँदिनँ,  उज्यालो नेपाल र समृद्ध नेपालको लागि जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार छु,” उनले भने।  

उनले जलविद्युत् आयोजनाबाट प्रभावित जनताका लागि १० प्रतिशत र अन्य क्षेत्रका जनताको लागि २० प्रतिशत गरी ३० प्रतिशत शेयर जनताको लागि वितरण गर्ने नीति सरकारले बनाएको जानकारी दिए।  

कार्यक्रममा मादी पावर प्रालिका अध्यक्ष एवं कार्यकारी निर्देशक बिजयबाबु मल्लले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ पुस १३ गते माथिल्लो मादी जलविद्युत आयोजनाको शिलान्यास गरेको जानकारी गराए।

मादी पावर प्रालिका बिजयबाबु मल्लको २० प्रतिशत र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनको ८० प्रतिशत लगानी रहेको यस आयोजनाको कुल लागत ७ अर्ब रहेको उनले बताए। चार वर्ष लगाएर निर्माण सम्पन्न भएको आयोजनाबाट शुक्रबारबाट केन्द्रीय प्रसारण लाईनमा १० मेगावाट बिद्युत थपिएको छ।

आयोजनाबाट असारदेखि कात्तिकसम्म मात्र पूर्ण क्षमता अर्थात् २५ मेगावाट विद्युत उत्पादन हुन्छ। बाँकी ८ महिना आधाभन्दा कम मात्र विद्युत उत्पादन हुन्छ।   
 

प्रकाशित: १५ पुस २०७३ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App