८ वैशाख २०८१ शनिबार
समाज

वन्यजन्तु ओसारपसार गर्ने एम्बुलेन्स नियन्त्रणमा

बैतडी- बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सभित्र मरेको चित्तल लैजादै गरेको अवस्थामा बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्सभित्र मरेको चित्तलसहित दार्चुला प्रहरीले आइतबार करिब १ बजे शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वर बजारमा डिलासैनी गाउँपालिकाको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।

डिलासैनी गाउँपालिकाले चलाउँदै आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोकेलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारा सामाजिक विकास मन्त्रालयले बैतडीको डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरि सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गरेको पाइएको हो।

कञ्चनपुरबाट फर्किदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी ब्यारेक नजिकबाट चित्तल मारेर ल्याएको एम्बुलेन्स चालक महेश बोहराले प्रहरी समक्ष बयान दिएका छन्। एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। उक्त चित्तल वन कार्यालयलाई बुझाउने र चालकलाई कानुन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २६ माघ २०७६ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App