वृद्धाआश्रममा जन्मदिन

आइतबार, २६ माघ २०७६, १५ : ५८ गोविन्द केसी

दैलेख– दैलेख सदरमुकामस्थित सरस्वती वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुसँग कलाकार तथा सञ्चारकर्मी अभिषेक अनुरागले जन्मदिन बनाएका छन्। आफ्नो जन्मदिन वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुसँग मनाउँदै अनुरागले आफ्नो कोशेली दराज हस्तान्तरण गरे।

पहिले देखिनै वृद्धाश्रममा सहयोग गर्न खोजिरहेको भएपनि आफूले जन्मदिन पारेर सहयोग गरेको अनुरागले बताए। साथीभाईसँग जन्मदिनको अवसरमा पार्टीको आयोजना गर्दा खर्च हुने रकम वृद्धाआश्रमलाई सहयोग गरेको उनले बताए।

समाजमा पछाडी पारिएका समुदाय, व्यसाहारा, गरिब, उत्पीडितलाई सहयोग गर्न पाउँदा आफू खुसी भएको उनको भनाई छ। आश्रममा रहेको सामान भुईमा छरिएर अस्तव्यस्त रहेकोमा जन्मदिनमा दराज सहयोग गरेपछि अब, सहज हुने  वृद्धाआश्रमकी कोषाध्यक्ष मेनका गौतमले बताईन्।

२०७१ सालमा स्थापना भएको वृद्धाआश्रम स्थानीयको सहयोगले भवन बनेपछि काम अझै बाँकी रहेको र दैनिक व्यवस्थापन गर्न आर्थिक चुनौती रहेको अध्यक्ष सरस्वती श्रेष्ठले बताईन्। आश्रममा दैनिक बिहान करिब १ सय ५० जना स्थानीयहरु योग गर्न आउने गर्दछन्।

यसअघि जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलकप्रसाद पाण्डेले महावु गाउँपालिकाको एक स्कुलमा जन्मदिन पारेर पोशाक वितरण गरेका थिए।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad