१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। आइतबारको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका हुन्।

ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेता तथा कार्यकर्तालाई जोगाएर कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई फसउने उद्देश्यले मुद्दा दर्ता गरेको आरोप लगाउँदै नेपाली कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए। बैठकमा बोल्दै कांग्रेसका सचेतक सुयर्माराज राईले नेकपाको सरकारले पक्षपात पूर्ण व्यवहार गरेको आरोप लगाए। ‘नेकपाको सरकारले ललिता निवास प्रकरणमा आफ्ना कार्यकर्तालाई उन्मिुक्ति दिने प्रयास गरेका कारण आन्दोलनमा उत्रनुपरेको हो’ राईले भने।

राईले ललिता निवास प्रकरणमा नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेललगायतका नेतालाई उन्मिुक्ति दिएको आरोप लगाए। सरकारले दोषीहरुलाई कानुनी दायरामा नल्याउन्जेलसम्म संसद बैठक अवरुद्ध गरिरहने कांग्रेस संसदीय दलको निर्णय भएको राईले बताए। प्रमुख प्रतिपक्षीदलको तर्फबाट सचेतक राईले भनाई राखिसकेपछि पुनः कांग्रेसका सांसदले उभिएर संसद अवरुद्ध पारेका थिए। सभामुख भण्डारीले सचेतकले आफ्ना कुरा राखिसकेका कारण बस्न आग्रह गरेका थिए।

तर, कांग्रेसका सांसदले उभिएर विरोध जनाईरहेपछि सभामुख भण्डारीले माघ २७ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए। ललिता निवास प्रकरणमा अख्तियारले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

प्रकाशित: २६ माघ २०७६ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App