coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संविधानको दीर्घायुका लागि संशोधन आवश्यकः मन्त्री निधि

तनहुँ– नेपाली कांगे्रसका केन्द्रीय सदस्यसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव कुनै हालतमा सरकारले फिर्ता नलिने अडान दोहोर्याएका छन्।

संशोधन प्रस्ताव फिर्ता लिनु पर्ने माग नेकपा एमालेलगायत विपक्षी दलहरुले गरिरहेका बखत निधिको यस्तो भनाइ आएको हो। ‘संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन,’ आँबुखैरेनीमा स्थानीय प्रत्रकारहरुले आयोजना गरेको एक कार्यक्रममा उनले भने,

‘राष्ट्रहित र संविधानको दीर्घायुका लागि संशोधन आवश्यक छ।’

एमालेको संसद अवरोध गर्ने शैली संसदीय प्रणाली, लोकन्तान्त्रिक पद्दति र संवैधानिक प्रक्रियाविपरीतको कदम भन्दै तत्काल संसदको अवरोध खोल्नु पर्ने बताए।

संशोधन प्रस्ताव संसदमा अघि बढ्न दिए सरकारले निर्वाचनको मिति घोषणा गरेर निर्वाचन र संशोधनलाई एक साथ अघि बढाउने उनको भनाई छ। ‘चित्त नबुझे विपक्षमा मतदात गरे हुन्छ,’ उनले भने, ‘संविधान संशोधनलाई संसदकै निर्णयमा एमाले छोड्नुपर्छ।’

आगामी वर्ष मंसिर महिनाभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले समय धेरै नरहेको उनले बताए। ‘माघ ७ को सीमा भनिएपछि जाडो धेरै हुने महिनामा हिमाल र पहाडमा चुनाव हुन सक्दैन,’ उनले भने, ‘त्यसैले, मंसिरभित्रै निर्वाचन सक्नु पर्ने बाध्यता हामीसँग रहेकोले एमालेले अवरोध गर्नु हुँदैन।’

विगतमा केपि ओलीले नै हस्ताक्षर गरेको र उनको सरकारले पूरा गर्ने भनेकै मागहरु समेटेर संविधान संशोधन अघि बढाए पनि सरकारबाट बाहिरिएपछि केपी ओलीले प्रस्ताव नमान्नु आपत्तिजनक भएको उनको भनाई थियो। ‘आफूले गर्दा राष्ट्रघात नहुने, अरुले गर्दा राष्ट्रघात हुने कसरी हुन्छ?,’ उनले भने।

प्रकाशित: १५ पुस २०७३ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App