७ वैशाख २०८१ शुक्रबार
राजनीति

गच्छेदारलाई षडयन्त्रपूर्वक फसाइयो: देउवा

फाइल तस्बिर/नागरिक

रामेछाप - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका नेता विजयकुमार गच्छेदारलाई षडयन्त्रपूर्वक फसाइएको बताएका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिम्मेवार मान्छेले पार्टीगत नभई स्वविवेकले काम गरेर आयोगको गरिमालाई उच्च बनाउनु पर्नेमा उनले जोड दिए।

शनिबार शेरबहादुर तमाङ स्मृति प्रतिष्ठानले आयोजना गरेको शव बाहन तथा एम्बुलेन्स हस्तान्तरण समारोहमा मन्थली पुगेका देउवाले जनताको कर खाएका सरकारी कर्मचारी र सुरक्षाकर्मीले पार्टी, जनप्रतिनिधि र सरकारको गुनगान गाउने काम हैन जनताको सेवामा लागि पर्नुपर्ने बताए। कार्यक्रममा छोटो समय बोलेका देउवाले देशको राजनीतिक अवस्थाबारे भने केही बोलेनन।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबार राजकाज दुईदिनको घामछाया भएकाले अहिलेका नेकपाका साथीहरूले धेरै उफ्रिन आवश्यक नरहेको बताए। उनले अहिले जसको जित र हार भयो त्यो सधंैका लागि नभएको उनको भनाइ थियो। हिजो र आजको अवस्था हेर्दा मुलुकमा विकासको बाटो भने भएको उनको दाबी थियो। मुलुकमा बन्दुकै बन्दुकको भीडन्त चलिरहेको भए मुलुक थप तहस नहस हुने थियो तर गिरिजाप्रसाद कोइरालाले नेतृत्व लिएर मुलुकमा शान्ति स्थापना गराएकै कारण मुलुक यो घडीमा आइपुगेको शर्माले बताए। उनले कांग्रेसले सबैलाई साथ लिएर संविधान जारी नगरेको भए मुलुक यो अवस्थामा नआउने शर्माको ठोकुवा थियो। संविधानकै कारण मुलुकको स्थायी सरकार पाएको र गाउँसम्म स्थानीय जनप्रतिनिधि पाएको उनले बताए।

जिल्लाका विभिन्न स्थानमा रहेर सञ्चालन हुने गरी थप एक शव बाहन र ४ वटा एम्बुलेन्स समेत हस्तान्तरण गरिएको छ। नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि एवं प्रतिनिधि सभामा नेपली कांग्रेसका प्रत्यासी उमेदवार पूर्णबहादुर तमाङ(कान्छाराम)ले आफ्ना बाबुको सम्झनमा स्थापना गरेको शेरबहादुर तमाङ स्मृति प्रतिष्ठानका नामबाट एक्त शव वाहन र एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

प्रकाशित: २६ माघ २०७६ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App