coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

३ दिनपछि बिहे तय भएकी किशोरीको मृत्यु

वीरगन्ज– पर्साको तुलसीबर्वा –७ मा आगलागीमा परेर एक किशोरीको ज्यान गएको छ। मनोज हजराकी छोरी रिंकु कुमारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। तीन दिनपछि विवाह हुने तय भएकी किशोरीको जलेर मृत्यु भएको हो। विवाहको तयारीमा जुटेको परिवार घटनापछि शोकमग्न भएको छ।

स्थानीयका अनुसार काका पर्ने पर्साका सिकेन्द्र हजराको गोठमा आगो लागेपछि सामान झिक्न भित्र पसेकी १४ वर्षीया रिंकु आगोको घेरामा परेकी थिइन्। ‘उनी सामान झिक्न भित्र पसेको बेला बलिरहेको फुसको छानो खसेर थिचिएकी थिइन्,’ घटनास्थल पुगेका लंगडीका स्थानीय लालबाबु बानियाले भने, ‘आगोको मुस्लोबाट उनलाई गाउँलेले चाहेर पनि जोगाउन सकेनन्।’

इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले मृतक किशोरीको शव पोष्टमार्टमका लागि वीरगन्ज उपक्षेत्रीय अस्पताल पु¥याएको थियो । पोष्टमार्टमपछि शव सद्गतिका लागि परिवारकै जिम्मा लगाउने प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिए। लामखुट्टे धपाउन बालेको आगोमाथि छानोको खर झरेपछि आगलागी भएको घट्नास्थल पुगेका प्रहरीको भनाई छ।

बन्जारीस्थित शसस्त्र प्रहरी बेस क्याम्प  र स्थानीय प्रहरी चौकीको सूरक्षाटोली घटनास्थल पुगेको थियो । घटनामा गोठ भएको सोही एउटा घर मात्र जलेको छ।

 

प्रकाशित: १९ असार २०७३ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App