coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२ हजार ५ सय अवैध कुखुरासहित ६ पक्राउ

कोहलपुर– भारतबाट चोरी तस्करी गरी ल्याएका २ हजार ५ सय कुखुरासहित ६ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार बिहान पाँच बजे राँझाबाट उक्त कुखुरा बरामद गरेको हो।

बेलहरी–५ का भुरहवा खाँसहित ६ जनालाई अवैध भारतीय कुखुरासहित पक्राउ गरिएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। बरामद कुखुराको मूल्य करिब रु. २ लाख बराबर रहेको छ।

बरामद कुखुरा र छ जनालाई आवश्यक कारवाहीका लागि मंगलबार नै पशु क्वारेन्टाइन नेपालगन्जमा पठाएको छ। खुल्ला सीमाका कारण भारतीय बजार हुँदै जिल्लाको कोहलपुर र नेपालगन्जमा चोरी तस्करीका कुखुरा आउने गरेका छन्।

प्रकाशित: ८ वैशाख २०७३ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App