coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आलमको मुद्दामा जिल्ला अदालतकै आदेश सदर, हिरासतमै राखी मुद्दा चल्ने

रौतहट- रौतहटको चर्चित राजपुर काण्डका अभियुक्त निलम्बित सांसद महम्मद आफताब आलमको मुद्दामा उच्च अदालत विरगञ्जले रौतहट जिल्ला अदालतकै निर्णयलाई सदर गरेको छ। रौतहट जिल्ला अदालतले आलमलाई हिरासतमै राखी मुद्दा चलाउने निर्णय गरेको थियो।

आलमलाई हिरासतमा नराखी स्वतन्त्र जीवनयापन गर्न पाउने गरी मुद्दा चलाउन भनी आलम पक्षले उच्च अदालत वीरगञ्जमा मुद्दा दायर गरेको थियो। शुक्रबार उच्च अदालत वीरगञ्जको १ नम्बर इजलाशका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको इजलाशले आलमलाई हिरासतमै राखी मुद्दा चलाउने रौतहट जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको हो।

आलमको पक्षबाट उच्च अदालतमा ६ जना कानुन व्यावसायीले बहस गरेका थिए। आलमको तर्फबाट बहस गर्ने कानुन व्यावसायीमा सुधीरलाल कर्ण, पन्नालाल पटेल, विनय सिंह, रामेश्वर सेढाई, यदुनाथ खनाल रहेका छन्।

आलमलाई सामान्य तारेखमा राखेर मुद्दा चलाउन रौतहट जिल्ला अदालतमा पनि आलमको पक्षबाट करिब तीन दर्जन कानुन व्यावसायीले बहस गरेका थिए तर रौतहट जिल्ला अदालतले भने हिरासतमा राखी मुद्दा चलाउने निर्णय गरेको थियो।

यसैबीच आलमको मुद्दा रौतहट जिल्ला अदालतबाट सार्ने माग गर्ने सम्बन्धमा उच्च अदालत वीरगञ्जले रौतहट जिल्ला अदालतबाटै चलाउने निर्णय गरेको छ। आलमका विपक्षीहरुले रौतहट जिल्ला अदालतमा मुद्दा चलाउँदा प्रमाणहरु नष्ट हुने तथा साक्षीहरुलाई डराउने, धम्काउने काम भइरहेको भनी अन्यत्र मुद्दा सानुपर्ने माग दाबी गरी उच्च अदालत वीरगञ्जमा अर्को रिट दाबी गरेका थिए। आलमको मुद्दा अब रौतहट जिल्ला अदालतमै चल्ने निश्चित भएको छ।

जिल्लाको सर्वाधिक चर्चित मुद्दाको रुपमा रहेको आलमको मुद्दाको हरेक पक्षमा व्यापक जनचासो रहेको छ।

प्रकाशित: २४ माघ २०७६ १३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App