coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अख्तियारले पक्षपाती ढंगले काम गर्‍यो : केन्द्रीय सदस्य महत

इटहरी- ललिता निवास जग्गा प्रकणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्षपाती ढंगले व्यवहार गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर रामसरण महतले बताए। उनले तत्कालिन समयमा प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा क्याबिनेटले गरेको निर्णयमा काँग्रेस नेता बिजयकुमार गच्छदारलाई मुद्दा चलाउनु पक्षपाती ढंगले भएको टिप्पणी गरे।

‘भ्रष्टाचारमा अख्तियारले मुद्दा चलाउनु स्वाभाविक भएपनि विजयकुमार गच्छदारको हकमा भने पक्षपाती ढंगले गरिएको छ,’ केन्द्रीय सदस्य महतले शुक्रबार नेपाल प्रेस यूनियन सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘अख्तियारले मुद्दा चलाउँछ अनि त्यसको डिफेन्स सरकारका प्रवक्ताले गरेपछि नियत प्रस्ट हुन्छ।’ उनले क्याबिनेटले गरेको निर्णयमा त्यसको जिम्मेवार एक जना मात्र नहुने बताए।

‘अख्तियारको नियोजित व्यवहार छ,’ उनले भने, ‘नियोजित व्यवहारले गर्दा अख्तियार संवैधानिक निकाय अहिले विवादित बन्न पुगेको छ।’ उनले अमेरिकी सहयोग एमसीसीको बारेमा सरकार क्लियर भएपनि नेकपा पार्टीभित्र धेरैमा भ्रम रहेको बताए।

‘कतिपय नेतामा जानकारी नभएर भ्रम रहेको छ,’ उनले भने, ‘अमेरिकी सहयोग एमसीसी भनेको ग्लोबल कार्यक्रम हो।’ केन्द्रीय सदस्य महतले सरकारले गरेका प्रेस स्वतन्त्रता विरोधी, मानवअधिकार विरोधी, संक्रमणकालिन मुद्दालगायतमा सरकार चुकेको बताए। उनले उच्च शिक्षा विधेयकमा प्रधानमन्त्रीको हातमा अधिकार दिइने, बैकिङ् तथा वित्तिय क्षेत्रमा सरकार तथा अर्थ मन्त्रालयले हस्तक्षेप गर्नु देशको राष्ट्रिय हितमा नभएको बताए।

 

प्रकाशित: २४ माघ २०७६ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App