८ वैशाख २०८१ शनिबार
समाज

मुगुमा लागुऔषध निर्मुल पार्दै प्रहरी

मुगु- गत साउन ७ गते मुगुस्थित रारा विमानस्थलबाट २ ग्राम २५ मिली ग्राम परिमाणको ब्राउन सुगरसहित प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लियो। २२ दिन हिरासतमा बसेपछि मुगु जिल्ला अदालतको आदेश अनुसार सोहि महिनाको २९ गते १ लाख २० हजार धरौटीमा उनी छुटे।

गत कार्तिक १८ गते रारा विमानस्थलबाटै एक अर्का २४ वर्षिय युवक पनि नाईट्रोभेट ३५ र ट्रमाडोल ४ टयाप्लेट लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लियो। युवक एक महिना हिरासतमा बसेर मंसिर १८ गते अदालत कै आदेश अनुसार १ लाख धरौटीमा रिहा भए।

यहि महिनाको २१ गते सदरमुकामको कृष्ण चोक नजिक रहेको चन्दननाथ होटलबाट ०.१० मिलीग्राम ब्राउन सुगरसहित एक जोडी युवायूवतीलाई प्रहरीले नियन्त्रणमा लियो उनीहरु माथी अहिले थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए।

लागु औषधका ९ मुद्धा दर्ता
गत साउनबाट यता नेपाल प्रहरीले लागु औषध सम्बन्धमा ९ वटा मुद्दामा १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा मुद्दा चलाईरहेको छ।
यो अवधिमा प्रतिवादीहरुबाट प्रहरीले २ ग्राम ६३ मिलीग्राम ब्राउन सुगर, १७३० ग्राम ९५ मिलीग्राम चरेश र नाईट्रोभेट ३५, ट्रमाडोल ४ टयाप्लेट बरामद गरेको छ।

जिल्लामा युवायूवतीहरु पछिल्लो समयमा चरेश, ब्राउन सुगर र ट्याब्लेट जस्ता लागुऔषध दुरव्यसनीमा फस्दै गएपछि लागुऔषध सेवन र ओसार पसारमा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीहरु सकृय रुपमा खटिएका छन्। उनीहरुलाई लागुऔषध नियन्त्रणमा शुन्य सहनशिलता अपनाउन निर्देशन दिईएको प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले बताए। आफू आएपछि मात्र जिल्लामा ८ वडा लागुऔषध घटनामा ९ जनाविरुद्ध मुद्दा चलेर धरौटीमा छुटेका र २ जनामाथि अनुसन्धान चली रहेको प्रनाउ साहले बताए।

अघोषित रुपमा मुगु जिल्लालाई लागुऔषध निषेधित जिल्ला बनाउने अभियानमा नेपाल प्रहरी लागेको छ।
लागुऔषध सेवनकारी र कारोवारी बढ्दै गएपछि प्रहरी कठोर रुपमा प्रस्तुत भएको र दिनरात नभनी नाका र शंकास्पद स्थानमा चेकजाँच बढाएको पनि प्रहरीले बताएको छ।

विगत वर्षहरुमा भन्दा अहिले प्रहरीले सकारात्मक काम गर्दै गएको र युवाहरुलाई दुरव्यसनीबाट बचाउन सकृयता बढाएकोमा प्रहरीको कामको प्रसंशा गर्छन् नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल। उनी भन्छन्, 'विगतमा मुगुमा लागुऔषधको कारोवार शुन्य हुने गरे पनि यहाँ गाडी र हवाई जहाजको सहजतासंगै लागुऔषधका नयाँ नयाँ प्रकार भित्रीएकोले अझै सुरक्षा निकायले जिल्लामा भित्रने मालबाहक, यात्रुवाहक र हवाई जहाजमा जाँच बढाउनु पर्छ।'

प्रभावकारी बन्दै समुदाय–प्रहरी साझेदारी
गत वर्ष लागुऔषध घटनामा १ जना प्रतिवादी रहेको र विभिन्न घटनाकाविरुद्ध ४१ वटा उजुरी परे भने यो चालु वर्षको मध्य मै लागुऔषधमा ९ वटा गरि कुल ८२ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा देखिन्छ।
आखिर विगत वर्षहरु भन्दा यो वर्षमा किन घटनाका परिमाण धेरै भए त भन्ने प्रश्न प्रनाउ साहमाथि तेरस्याउदा उनी प्रहरी र समुदायबीचको सम्बन्ध विगत वर्षहरु भन्दा प्र्रगाढ हुन र प्रहरीको काम कारबाहीहरु समुदायसंग मिलेर गर्दाको परिणाम भएको साहले बताए।

गृह मन्त्रालयको कार्ययोजना अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम टोलदेखि जिल्ला स्तरसम्म सञ्चालित छ। प्रत्येक समितिमा स्थानीयहरुको सहभागिता रहेको छ।

समुदायको पनि साथ
अपराधिक घटना र लागुऔषधको  कारोवारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन समुदायको पनि साथ रहेको प्रहरीले बताएको छ।

समुदाय प्रहरी साझेदारीले गाँउघर कतै झैझगडा, अस्वभाविक कृयाकलाप र लागुऔषधको कारोवार भएमा स्थानीय समितिका सदस्यहरुले सिधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले विभन्न अपराधिक घटना र लागुऔषधको  कारोवारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन सहज भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
मुगु जिल्लामा २७० वटा टोल, वडा, विद्यालय पालिका र जिल्ला स्तरिय समिति गठन भएका छन् प्रत्येक दिन ति समितिहरुसंग मिलेर नेपाल प्रहरीले केहि न केहि सामुदायिक र जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।

गत साउन यता समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला भरी बिभिन्न किसिमका सचेतना कार्यक्रम २४० कार्यक्रमहरु भएका छन्।

 

प्रकाशित: २४ माघ २०७६ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App