८ वैशाख २०८१ शनिबार
समाज

सगरमाथा आरोही कल्पना बाल विवाहविरुद्धको अभियानमा

सगरमाथाको शिखर आरोहण गर्न सफल विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जन शुक्रबार ललितपुरमा भएको कार्यक्रममा बाल विवाहविरुद्धको अभियानको घोषणा गर्दै । तस्बिर : कृष्ण किसी

ललितपुर- विश्वकै अग्लो सगरमाथाको शिखर आरोहण गर्न सफल विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बाल विवाहविरुद्धको अभियान सुरु गरेकी छन्। शुक्रबार राजधानीमा भएको कार्यक्रममा उनले ललितपुरको महालक्ष्मी नगरपालिका ६ सिद्धिपुरस्थित भानोदय प्राविबाट अभियान सुरु गरेकी हुन्।

एक्सपिरेन्स आउटडोर्स नेपालले आयोजना गरेका कार्यक्रममा उनले शान्ति शिक्षा अभियानको सहयोगमा पाँंच वटा जिल्लाका विभिन्न स्कुलहरुमा शिक्षामार्फत अभियान सुरु गरेको बताइन्। शिक्षामार्फत् बाल विवाह रोक्न सक्ने विश्वासका साथ आफूले यस्तो अभियान सुरु गरेको उनले बताइन्।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विभिन्न एक दर्जन व्यक्तिहरुलाई पनि सम्मान गरे। कल्पनाको सगरमाथा आरोहणमा प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको हो। कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सिंहले शुक्रबारदेखि नै सञ्चालनमा ल्याइएको भिजिट नेपाल यूट्यूव च्यानलको पनि शुभारम्भ गरे।

कार्यक्रममा शताव्दी पुरुष सत्यमोहन जोशीले एक पटक असफल र दुई पटक सफल सगरमाथा आरोहण गर्न सफल कल्पनालाई अबका दिनमा बाल विवाहविरुद्धको सफल आरोहण गर्न सफल हुने शुभकामना व्यक्त गरे। कार्यक्रममा पर्यटनसँंग सम्बन्धित विभिन्न व्यक्तिहरुले पनि आआफनो धारणा राखेका थिए।

ललितपुरको महालक्ष्मी नगरपालिका सिद्धिपुरमा २०४२ सालमा जन्मेका कल्पनाले पहिलो पटक सन् २०१४ मा सगरमाथाको असफल आरोहण गरेकी थिइन्। आरोहणकै क्रममा दुर्घटनामा परेपछि उनलाई त्यहीबाट हेलिकोप्टरबाट उद्धार गरी एक हप्तासम्म अस्पतालको कोमामा राखेर उपचार गरेपछि उनी बाच्न सफल भएकी थिइन्। पछि दोश्रो पटक उनी सन् २०१८ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गर्न सफल भएकी थिइन्। त्यसपछि फेरि उनले सन् २०१९ मा दोश्रो पटक पुनः सगरमाथाको सफल आरोहण गर्न सफल भएकी थिइन्।

 

प्रकाशित: २४ माघ २०७६ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App