coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा कांग्रेस सांसदकाे प्रश्नः 'आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने?'

फाइल तस्बिर/नागरिक

काठमाडौं - प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध जारी राखेको छ। शुक्रबारकाे बैठकमा पनि कांग्रेसले विरोधलाई निरन्तरता दिएको हो। राजनीतिक प्रतिशोधका आधारमा आफ्नो दलका उपनेता विजय गच्छदारमाथि मुद्दा दायर गरेको भन्दै कांग्रेसलेविरोध जनाउँदै आएको छ। बिहीबारको बैठकमा पनि कांग्रेसकै अवरोधका कारण कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको थियो।

शुक्रबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदमा विरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो। बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरु उठेका थिए।

कांग्रेस सांसद मिन विश्वकर्माले अख्तियारले आफ्नै अख्तियार दुरुपयोग गरेको आरोप लगाए। अख्तियारलाई प्रभावमा पारेर सरकारले आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने प्रवृत्ति देखाएको उनले आरोप लगाए।

बिश्वकर्माले अख्तियार दुरुपयोग गर्नुपर्ने अरु निकायको अध्ययन गर्नुपर्ने आयोगले आफ्नो अख्तियारको दुरुपयोग गरेको ठहर कांग्रेसले गरेको उल्लेख गरे। उनले भने “योजना प्रस्ताव पेश गर्ने व्यक्तिले उन्मुक्ति पाउने, अत्यन्तै महान व्यक्ति, जसले मन्त्रीपरिषद्को अध्यक्षता गरेर निर्णय गर्नुभयो उहाँ पनि महान व्यक्ति, जो निर्णयबाट लाभान्वित हुनुभयो र लालपुर्जा बोकेर हिड्दै हुनुहुन्छ उहाँ पनि महान व्यक्ति। 

वालुवाटार परिसर साघुरो भयो। विस्तार गर्ने योजना प्रधानमन्त्रीलाई मन पर्यो। अनि योजना मागेर प्रस्ताव लैजादा स्वतः सामान्य प्रक्रियाबाट गएको मन्त्रीलाई कसुर सँजायको माग गर्ने। जसले निर्णय गर्नुभयो,  निर्णय गर्ने व्यक्ति चाही निर्दोश ठहरिने रुजुन लालपुर्जा बोकेर अहिले पनि ४९ लाख ऋण त्यही लालपुर्जाबाट आइरहेको छ। ”

बाख्री हरायो होइन तस्कर पल्कियो भन्ने चिन्ता बढेको भन्दै उनले कसुर दारले उन्मुक्ति पाउने र निर्दोष थुनिने कुरा सामान्य प्रशासनको पद्धती विरुद्ध रहेको दाबी गरे। एउटा निर्दोषलाई पक्रेर सारा कसुरदारलालाई उन्मुत्ति दिने पद्धतिको थालनी भएको भन्दै उनले त्यसप्रति गम्भीर आपत्ति जनाए।

उनले भने, “म लालपुर्जा फिर्ता गर्छु। म जग्गा फिर्ता गर्छु। त्यसकारण उहाँहरुलाई उन्मुक्ति दिएको हो। अहिले सामाजिक सञ्जालमा ठ्ट्टा मजाक हुने गरेको छ। एउटा डाक्टरले अस्पतालमा विरामीको किड्नी चोरेछ। अब ४ वर्ष अगाडि चोरिएको किड्नी फिर्ता गर्यो भने कारवाही हुन्छ कि हुदैन? कुनै एक चोरले एक बर्षपछि चोरेको सामान फिर्ता गर्यो भने पक्राउ पर्छ कि पर्दैन ?”

सरकारको नियोजित कार्यक्रम भित्र रहेर अख्तियारले पुर्वाग्रही व्यवहार गरेको भन्दै उनले गम्भीर आपत्ति जनाए। न्याय निरुपण गर्ने निकायलाई नै छाँयामा पारेर सरकारले त्यसको कामलाई आफ्नो उपलब्धि भनेर व्याख्या गरेको उल्लेख गर्दै उनले सरकारको छाया बनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गरेको काम प्रति आफुहरुको गम्भीर आपत्ति रहेको जनाए।

उृनले भने “सरकारको नियोजित कार्यक्रमभित्र कांग्रेसका मान्छेलाई थुन्ने कांग्रेसका मान्छेलाई दोष लगाउने जुन प्रपञ्ज रचियो यसमा राजनीतिक प्रतिशोध छ कि छैन ?यो विभेदपुर्ण छ कि छैन ? यो  पक्षपातपुर्ण छ कि छैन? अख्तियार दुरुपयोग अनुसन्धान आयोेग सरकारको छाया भएर  आयोग आफ्ना पक्षलाई बोक्ने र विरोधीलाई ठोक्ने निति लिएको यसको बारेमा गम्भीर आपत्ती भएकाले संसद सुचारु गराउन सहयोग गर्न नसक्ने जानकारी गराउँछु।”

विश्वकर्माले बोलेपछि कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका थिए। सभामुखले मुद्दा अदालतमा गइसकेकाले व्यवस्थापिका संसदको क्षेत्राधिकारमा नपर्ने भन्दै बैठक सुचारू गर्न सहयोग गर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरू उठिरहेपछि बैठक सुचारू हुन सकेको छैन। कांग्रेस सांसदहरू नबसेपछि उनले आधा घण्टाको लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित: २४ माघ २०७६ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App