coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सार्क यस क्षेत्रका जनताको साझा पहिचान होः प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताएका छन्। काठमाडौंमा रहेको सार्क सचिवालयको भ्रमण गर्दै प्रधानमन्त्री ओलीले सार्क दक्षिण एसियाली जनताको साझा पहिचान भएको बताए।

उनले सार्कको १९औं शिखर सम्मेलन चाँडो आयोजना हुने विश्वास पनि व्यक्त गरे। सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको उल्लेख गर्दै ओलीले १९ औं सम्मेलनका लागि सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्ने विश्वास पनि व्यक्त गरे।

सार्कका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सार्कका सिद्धान्त र उद्देश्यप्रति सार्क राष्ट्रका प्रमुखहरुले प्रतिवद्धता जनाएको पनि उल्लेख गरे। प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको विरुवा समेत राेपेका छन्।

प्रकाशित: २४ माघ २०७६ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App