८ वैशाख २०८१ शनिबार
समाज

काठेखोला गाउँपालिकाकी १२ वर्षीया बालिका एक सातादेखि बेपत्ता

बागलुङ - काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता छिन्। गत शुक्रबार बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा छन्।

प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र पारे पनि बस्याल फेला पर्न सकेकी छैनन्। उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्थिन। छोरीको खोजीमा सहयोग गर्न बुबा नरबहादुरले सबैमा आग्रह गरेका छन्।

हराएकी बालिका बागलुङ बजारतर्फ आइरहेको बेला खहरे भन्ने ठाउँमा देखेको स्थानीयवासीले बताएका छन्। त्यसपछि उनी कता गइन्, अवस्था के छ कुनै अत्तापत्तो लाग्न सकेको छैन।

प्रकाशित: २४ माघ २०७६ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App