७ वैशाख २०८१ शुक्रबार
समाज

सिन्धुली आश्रममा प्रहरीः बम्जन फरार, एक अनुयायी पक्राउ(अपडेट)

बम्जन आश्रम सिन्धुलीबाट अनुसन्धानका लागि एक अनुयायीलाई नियन्त्रणमा लिदै प्रहरी। तस्विरः अनिल भण्डारी/नागरिक

सिन्धुली - आफुलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित उनको आश्रमस्थल प्रहरी पुगेको छ। लामो समयदेखि सिन्धुलीआश्रममा बस्दै  आएका बम्जनलाई पक्राउ गर्न प्रहरीको टोली शुक्रबार बिहान ६ बजेदेखिनै उनको सिन्धुलीस्थित आश्रम पुगेको हो। तर बम्जन भने आश्रमबाट बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलका अनुसार बम्जनलाई यौन हिंसाको जाहेरी परेको र उनलाई पक्राउ गर्न खोजी कार्य चलिरहेको छ। बम्जनलाई पक्राउ गर्नका लागि हामीले शुक्रबार बिहानैबाट प्रहरी खटाएका छौ, उनले भनिन्, अनुसन्धानका लागि आश्रमका एक जनालाई नियन्त्रणमा लिएका छौ, उहाँलाई सोधबुझको लागि मात्रै ल्याएको हो। बोधी श्रवणधर्मसंघका जिल्ला अध्यक्ष सुन्दर घिसिङले आश्रमका लोप्चन गुरुमार्गगुरु भनेर चिनिने ज्ञानबहादुर बम्जनलाई प्रहरीले अनुसन्धानका लागि लगेको पुष्टि गरे।

बम्जनलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरे पनि उनको आश्रममा उनलाई नभेटिएको प्रहरीले जनाएको छ। २०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक बनमा अस्थाई आश्रमका रुपमा बस्न बम्जन सिन्धुली आएका थिए।

जुन बेला सर्वसाधारणले हालको भन्दा सहज तरिकाले भेट्न सकिने गरेको स्थानीय बताउछन्। तर सिन्धुलीमा ३ महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुन २०७४ साल असोज देखि सिन्धुलीलाइनै आश्रम बनाएर बसेको बताइए पनि प्रहरी पुग्दा त्यहाँको बम्जनलाई भेट्न नसकेको प्रहरीले जनाएको छ। बम्जन आश्रममा सर्लाहीको प्रहरी टोलिसहित जिल्ला प्रहरी कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पुगेको छ।

आश्रम भित्र उनका अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको यौन दुर्व्यवहार भएको जस्ता आरोपमा प्रहरीले यसअघि पनि पटक पटक अनुसन्धान गर्दै आएको थियो। उनिमाथि अनुयायीको हत्या, आनीहरु र अनुयायीलाई बेपत्ता पारेको तथा यौन शोषण गरेको आरोप छ।

प्रकाशित: २४ माघ २०७६ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App