६ वैशाख २०८१ बिहीबार
अर्थ

आजदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०

काठमाडौं - राजधानीको भृकुटीमण्डपमा आयोजना हुने छैटौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ आजदेखि सुरु हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर तथा इभेन्टले संयुक्त रूपमा आयोजना गरेको यो प्रदर्शनी आइतबारसम्म चल्नेछ।

मिडिया स्पेस सोलुसन प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए   । ‘प्रदर्शनीका लागि इच्छा देखाएका सम्पूर्ण कम्पनीले आ–आफ्नो स्टलमा आइसकेका छन्,’ उनले भने, ‘निर्माणसम्बन्धी चासो राख्ने जो कोहीलाई यो अन्तर्राष्ट्रियस्तरको एक्स्पोजर हो। उनका अनुसार प्रदर्शनीमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कम्पनीहरूले सहभागिता जनाएका छन्। यो स्केलको निर्माण सम्बन्धी प्रदर्शनी नेपालमा पहिलो हो, पहिले भारत, चीनलगायत छिमेकी देशको सहभागिता रहन्थ्यो,’ भट्टराईले भने, यो पटक युरोप, मलेसियालगायत देशबाट ए लेबलका कम्पनी प्रदर्शनीमा सहभागी छन्।

उनले विगतको प्रदर्शनीभन्दा यस पटक सबै किसिमका निर्माण सामग्री हुनुले पनि फरक रहेको उनको तर्क छ। ‘पहिला कुनै पिफ्याब हाउस, हेभी इक्विपमेन्टलगायत सामग्रीको विशेष प्रदर्शनी हुन्थ्यो, उनले भने, अहिले प्रविधिदेखि निर्माण सामग्री र सीपको समेत लाभ लिन सकिन्छ। उनले अन्तर्राष्ट्रिय कम्पनीले डिलर डिस्ट्रिब्युसन समेत खोजिरहेको हुँदा लगानी र व्यवसाय गर्नेले त्यो पनि अवसर पाउनेछन्। अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा आउन नेपालको बजारबारे धेरै जिज्ञासा राख्ने गरेको भए पनि भूकम्पपछि पुनर्निर्माणको कामबाट लाभ लिने सम्भावना देखेर सहभागी हुन आएको उनको भनाइ छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा ३० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।

प्रकाशित: २४ माघ २०७६ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App