coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चीनबाट विद्यार्थीको उद्धारमा ढिला गरेकोभन्दै धर्ना

धर्ना दिन स्वास्थ्यमन्त्रालयमा पुगेका सर्वसाधारण। तस्बिर :नागरिक

काठमाडौं – चीनस्थिति हुआन प्रान्तमा रहेका नेपाली विद्यार्थीका आफन्तले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएका छन्। उनीहरूले बिहीबारनै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावललाई भेटेर सरकारले समयमै नेपाली विद्यार्थीहरूको उद्धारमा ढिला गरेर जोखिममा राखिरहेको गुनासो गरेका थिए। उनीहरूले मन्त्री ढकाललाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

ज्ञापनपत्रमार्फत् चीनमा रहेका विद्यार्थीको गुनासो र नेपाली अविभावकको माग पेश गरिएको छ। ‘हामी नेपाल जान चाहान्छौं, एक मिनेटपछि के हुन्छ थाहाँ छैन, यस्तै त्रासमा छौं,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘हामी क्वारेनटाइनमा बसेर आफ्नो देशको वातवरणमा रमाउन चाहान्छौं।’ चीनमा रहेका आफन्तलाई बिहीबारभित्र नेपाल ल्याउने समय पर्खेपनि नल्याएपछि आफुहरू सरकारलाई गुहार्न बाध्य भएको उनीहरूको भनाइ थियो।

‘सरकारले दुई/तीन दिनभित्रे नेपाल ल्याउने समाचार हेरेर बसेका थियौं, आजसम्म पनि आफन्तलाई चीनबाट नल्याएपछि हामीहरू बाध्यभएर सरकारलाई गुहार्न पुगेका छौं,’ सानेपाकी लिलादेवी भण्डारीले भनिन्। अहिलेसम्म सुरक्षित रहेपनि चीनमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकाले विद्यार्थीलाई छिटो उद्धार गर्नुपर्ने काठमाडौंका अर्का स्थानीय बसन्तबहादुर नकर्मीले बताए।

‘स्वास्थ्य मन्त्रालय एक्लैले उद्धारको काम गर्न नसक्ने भएकाले सबै निकायसँग समन्वय गरी मन्त्रिपरिषद्को निर्णय लगत्तै चीनमा रहेका विद्यार्थीलाई नेपाल ल्याउने काम सुरु हुने छ।’

चीनमा रहेका नेपाली विद्यार्थीलाई अहिलेसम्म कोरोना भाइरसको संक्रमण नभएकाले जतिसक्दो छिटो उद्धार गर्नुपर्ने उनीहरूको भनाइ छ। कोरोना भाइरसको संक्रमण भएमा चीनबाट विद्यार्थीलाई नेपाल आउन नदिने भएकाले पनि छिट्टै उद्धार गर्नुको विकल्प नगरहेको उनको भनाइ छ।

धर्ना दिन मन्त्रालय पुगेका अभिभावकहरूलाई स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले उद्धारका लागि सबै निकायको भूमिका आवस्वास्थ्य रहेको बताएका थिए। स्वास्थ्य मन्त्रालय एक्लैले उद्धारका काम गर्न नसक्ने भएकाले सबै निकायसँग समन्वय गर्ने काम भइरहेको उनको भनाइ थियो। कोरोना भाइरस संक्रमण फैलिएसंगै मन्त्रालयले सक्रिय रूपमा काम गरिरहेको भएपनि सबै स्तरबाट निर्णय नहुँदा ढिला भइरहेको भएपनि अब मन्त्रिपरिषद्को निर्णय लगत्तै नेपाल ल्याउने काम सुरु हुने उनको भनाइ थियो।

चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ। प्रवक्ता श्रेष्ठले लाखौंको संख्यामा यसको संक्रमण भएपनि मृत्यु र गम्भिर अवस्था कम भएकाले अन्य भाइरसभन्दा कम क्षति भएको बताए।

प्रकाशित: २४ माघ २०७६ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App