coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अरुण - ३ लाई लगानी जुट्यो

काठमाडौं - करिब अढाइ दशकअघि तत्कालीन नेकपा एमालेले अवरोध गरेपछि लामो समय रोकिएको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटेको छ। प्रतिपक्षमा रहेको एमालेको दबाबपछि विश्व बैंक ऊबेला चार सय चार मेगावाट क्षमतामा निर्माण गर्ने तयारी रहेको उक्त आयोजनामा लगानी गर्नबाट पछि हटेको थियो।

अरुण तेस्रो आयोजना नबन्दा मुलुकले दैनिक १८ घन्टाभन्दा धेरै लोेडसेडिङको मार खेप्नुप-यो। तर त्यही आयोजना बन्न नदिने पार्टीले सरकार चलाइरहेको बेला अरुण तेस्रो जलविद्युत् आयोजना अघि बढ्ने वातावरण बनेको छ। केपी शर्मा ओली नेतृत्वकै सरकारले झण्डै साढे दुई दशकपछि अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण अघि बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बिहीबार अरुण तेस्रो जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजिङ कार्यक्रमलाई सम्बोधन गर्दै २० वर्षअघि नै निर्माण हुने आयोजना २० वर्ष पछि भएपनि निर्माण हुनु सुखद भएको बताए।

२० वर्षअघि निर्माण भएको भए मुलुकले लोडसेडिङको मार खेप्नुपर्दैनथ्यो, तर ऋणको भारी बोक्नुपथ्र्याे। अर्काेतर्फ जम्मा चार सय मेगावाट मात्रै बिजुली उपलब्ध हुन्थ्यो,’ विगत सम्झिँदै अर्थमन्त्री खतिवडाले भने,‘आयोजना निर्माण हुने चर्चा चलेको ३० वर्षपछि बन्न लाग्दाचार सय मेगावाटबाटनौ सय मेगावाट क्षमता पुगेको छ, जुन बिजुली विदेश निर्यात गर्नेसमेत वातावरण तयार हुँदैछ। भारतीय लगानीमा निर्माणाधीन नौ सय मेगावाटको यो आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ। यसमा नेपालका नबिल र एभरेस्टसहित पाँचवटा भारतीय बैंकले लगानी गर्नेछन्।बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा एसजेभिएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष नन्दलाल शर्मा र सातवटा बैंक भारतका एसबिआई, एक्जिम, पिएनबी, कनरा र युविआई तथा नेपालका नबिल र एभेस्ट बैंकका प्रतिनिधिबीच फाइनान्सिल क्लोजर सम्झौता भएको हो।


कुल लगानीको ३० प्रतिशत प्रवद्र्धक एसजेभिएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीको स्वपुँजी, ६० प्रतिशत भारतका पाँच बैंकको र बाँकी १० प्रतिशत नेपालका दुई बैंकको कर्जा रहने

११ हजार करोड रुपैयाँ लागतमध्ये भारत सरकारको स्वामित्वमा रहेको एसजेभिएनले ३० प्रतिशत स्वपुँजीर सातवटा बैंकले ७० प्रतिशत लगानी गर्नेछन्। नेपालका दुईवटा बैंकको १० प्रतिशत लगानी रहने कम्पनीले जनाएको छ। नबिलले चार अर्ब ८८ करोड र एभरेस्ट बैंकले आठ अर्ब १२ करोड रुपैयाँ लगानी गर्नेछन्।कम्पनी अध्यक्ष शर्माले फाइनान्सिल क्लोजर भएसँगै आयोजना पाँचवर्षभित्रै निर्माण सम्पन्न हुने दाबी गरे। अब आयोजनाको लागि आवश्यक पर्ने स्रोतको कुनै कमी हुने छैन,’ उनले भने,‘अबको पाँचवर्षभित्रैसम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ उनका अनुसार हालसम्म आयोजनाको ३२ प्रतिशत काम सम्पन्न भइसकेको छ।उत्पादन भएको बिजुलीमध्ये कम्पनीले एक सय ९७ मेगावाट नेपाललाई निःशुल्क उपलब्ध गराउनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलेफाइनान्सिल क्लोजरआयोजना निर्माणको लागि कोशेढुंगा साबित हुने बताए।‘अब आयोजना अझै द्रुत गतिमा निर्माण हुने बाटो खुलेको छ,’ उनले भने,‘ठूला जलविद्युत् आयोजना निर्माणले मुलुकको ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति ल्याउनेछ।’ मन्त्री पुनले नेपालमा गेमचेन्जर आयोजना निर्माण सुरु भएको दाबी गरे।नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अरुण तेस्रो जलविद्युत् आयोजनामा नबिल र एभरेस्ट बैंकले कुल लागतको १० प्रतिशत लगानी गर्ने बताए।‘हामीले ठूला आयोजनामा अनुभव बटुल्नलगानी गर्न लागेका हौं,’ उनले भने,‘यसलाई ठूलो अवसरको रुपमा लिएका छौं।

एसजेभिएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी नेपालका कार्यकारी अधिकृत अरुण धिमानलेआयोजनाको निर्माण तीव्र गतिमा भइरहेको बताए।उनले भने,‘३२ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ।’ धिमानले पाँच वर्षभित्रै निर्माण सक्ने योजना रहेको बताए। अहिलेकै गतिमा निर्माण भएको खण्डमा टार्गेट सहजै भेट्नेछौं,’ उनले भने,‘यो आयोजना भारत र नेपाल दुवैको लागि अति महत्वपूर्ण भएकाले पनि तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नेछौं। धिमानले तोकिएको समयमै आयोजना निर्माण गरेर अरुका लागि मार्गदर्शक बन्ने लक्ष्य रहेको बताए। ‘नेपालको हालसम्मकै ठूलो आयोजना निर्माण गर्न लागेका हौं।त्यसैले व्यवस्थित ढंगले निर्माण सम्पन्न गरेर उदाहरणीय बन्न चाहेका छौं, उनले भने। माउ कम्पनी सतलज जलविद्युत् निगम लिमिटेडले सन् २०२३ सम्म पाँच हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यसहित विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ।

हाम्रो कम्पनीले सन् २०३० सम्म १२ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न देशमा जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको छ,’ धिमानले भने,‘सन् २०४० सम्म २५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य छ।’सतलज भारतीय केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर भएको कम्पनी हो, जसमा हिमाञ्चल प्रदेशको २५.५१ प्रतिशत र बाँकी सर्वसाधारणको सेयर छ। अरुण तेस्रो आयोजनाको लागि ७० मिटर अग्लो ड्याम निर्माण गरिनेछ। ११.७४ किलोमिटर हेडरेस टनेल(मुख्य सुरुङ) निर्माण गरिनेछ। उक्त सुरुङको ब्यास भने ९.५मिटररहनेछ।अरुण तेस्रो जलविद्युत् आयोजनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा स्विच थिचेर शिलान्यास गरेका थिए। एसएपिडिसी र लगानी बोर्डबीच सन् २०१४ नोभेम्बर २५ मा आयोजनाको पिडिए सम्झौता भएको थियो। आयोजनाले जलविद्युत् उत्पादनको अनुमतिपत्र सन् २०१८ मा र प्रसारणलाइन निर्माणको अनुमतिपत्र २०१९ फेब्रुअरीमा पाएको थियो।

आयोजनाको हाइड्रोमेकानिकल, सिभिल, इलेक्ट्रोमेकानिलको ठेक्का सन् २०१८ मा भएको थियो।कम्पनीले नै संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सबस्टेसनसम्म दुई सय ७० किलोमिटर ४०० केभीको प्रसारण लाइन निर्माण गर्नेछ। दुई सय २५ मेगावाट क्षमताको चारवटा युनिटबाट नौ सय मेगावाट बिजुली उत्पादन गरिनेछ।

प्रकाशित: २४ माघ २०७६ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App