coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

म मधेसीको ऋणी छु : दाहाल

सिरहाको सखुवानन्काकट्टीमा झण्डा मेला उद्घाटन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल। तस्विरः मिथिलेश /नागरिक

सिरहा – पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दहालले आवश्यकताका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन्। संविधान संशोधनका लागि नेकपा सकारात्मक रहेको उनले प्रष्ट्याए।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा बिहीबार दोस्रो झण्डा मेला उद्घाटन गर्दै दहालले भने, ‘मलाई सिरहा आउँदा माइतीघर आएजस्तो अनुभूति हुन्छ। सिरहा मात्र होइन मधेस नै मेरा लागि माइतीघर हो, यो मैले अन्तरआत्माको आवज बोलेको हुँ। दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर सिरहाली जनताकै मायामता र साथबाट सम्भव भएकोले पनि यो जिल्ला मेरालागि विशेष भावनात्मक छ,’ उनले भने।विद्रोहको तयारीदेखि विद्रोहको क्रममा भएका बलिदानीमा पनि मधेसको महत्वपूर्ण तथा अर्थपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले, ‘मैले नेतृत्व गरेको विद्रोहमा मधेसबाट १३ सय जनाले बलिदानी दिए जुन आजसम्म कुनैपनि विद्रोहमा दिएका छैनन्। मधेसबाट भएको यतीठूलो त्याग र बलिदानको म ऋणी छु,’ उनले भने।

मधेस, पहाड र हिमाललाई एकताको सूत्रमा बाँधेस अधिकार र विकासको लडाइँलाई नयाँ उचाइमा पु-याउने जिम्मेबारी आफ्नो काँधमा रहेको उनले जिकिर गरे। सिरहाको जनप्रतिनिधिको हैसियतले संविधान निर्माणमा भूमिका खेलेकोले स्मरण गरे, ‘यहीँको जनप्रतिनिधिको हैसियतले लोकतान्त्रिक निर्वाचनको उद्घाटन गर्ने सुनौले अवसर प्राप्त गरे। मलाई गर्व छ स्थानीय तह, प्रादेशिक वा केन्द्रीय निर्वाचन होस् मधेसका जनता नै सबैभन्दा बढी सक्रिय सहभागी भए उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले त्यो निर्वाचन उद्घाटन गर्ने अवसर मैले प्राप्त गरे। स्थानीय तहको पहिलो चरणको निर्वाचनले मधेसमा निर्वाचनको नयाँखाले वातावरण बन्यो। त्यसको नेतृत्वको अवसर पनि मैले प्राप्त गरे।’

संविधान घोषणा गर्दैगर्दा एउटा मुद्दा बढो सचेतसाथ राखेका छौं उनले उल्लेख गरे, ‘देशको सार्वभौमसत्ता, राष्ट्रको स्वाधीनता र भौगोलिक अखण्डताबाहेक अन्य सबै विषय जनआकांक्षाअनुसार परिमार्जन, संशोधन गर्न सकिने प्रावधान राखेका छौं।’ विगतका संविधानमा राजनीतिक तथा जनताका अधिकारका मुद्दालाई अपरिवर्तनीय भनिदिएर बन्ध्याकरण गर्ने प्रावधान हुने गर्दथ्यो तर, यो संविधानमा त्यस्ता प्रावधान राखिएको छैन,’ उनले भने। मधेसको भावनात्मक सम्मानका लागि दुईदुईपटक संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको सन्दर्भ उल्लेख गर्दै उनले, ‘आउने दिनमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन पार्टीमा छलफल चलिरहेको छ, पार्टी सकारात्मक छ।’

पूर्वमन्त्री एवं नेकपा नेता मातृकाप्रसाद यादवले मधेस केन्द्रित दलप्रति आक्रोश व्यत्त गर्दै भने, ‘उहाँहरूलाई(मधेसी दलका नेता) सत्ता चाहिएको हो कि अधिकार ? उहाँहरूलाई पैसा चाहिएको हो कि अधिकार प्रष्ट्याउनुपर्यो।’ एउटा दल सत्ताको सिंढीबाट ओर्लिनेबित्तिकै अर्को दल खुट्टा उचालेर सिँढी चढ्ने प्रवृतिप्रति उनको आक्रोश थियो।

प्रकाशित: २४ माघ २०७६ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App