७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘साउदी उडें, घरको ख्याल गर्नू’ भनेको मान्छे पाँच महिनादेखि बेपत्ता

साउदी अरेबिया उडेको खबर गरेका नविन राई र उनलाई खोज्दै हिँडेकी पत्नी बबिता। तस्बिर : नागरिक

काठमाडौं - २०७६ भदौ ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नविन राईले धरान, दुर्गापत–८ बस्दै आएकी पत्नी बबितालाई बाइबाई गर्दै भने– आफू र बच्चाको ख्याल गर्नू। विमानस्थलबाटै नविनले फोन गरेपछि बबिता पति वैदेशिक रोजगारीमा गएकोमा ढुक्क भइन्। घरपरिवारसँग कहिलै झुठो नबोल्ने नविनले विमानस्थलबाट उड्नुअघि आफू साउदी अरेबिया उड्न लागेको बताएपछि पत्नीले विश्वास नगर्ने कुरा पनि भएन।

२७ वर्षीय नविन सन् २०१३ मा कतार र सन् २०१६ मा मलेसियामा २–२ वर्ष काम गरेर फर्किएका थिए।

वैदेशिक रोजगारीमा जान भन्दै घरबाट काठमाडौं हिँडेको र विमानस्थलबाट समेत फोन गरेर जहाज उड्न लागेको जानकारी दिएपछि विश्वास नगर्ने कुरै भएन,’ बबिताले भनिन्, ‘विदेश गएको पाँच महिनासम्म अत्तोपत्तो नभएपछि सोधीखोजी गर्दा वैदेशिक रोजगारीमा गएको देखिएन। रोजगारीका लागि साउदी अरेबिया पुगेको खबर गरेका पति पाँच महिनासम्म सम्पर्कमा नआएपछि पत्नी बबिता खोजीको याचना गर्दै धरानबाट काठमाडौं आइपुगेकी छन्। कमाउन गएको व्यक्ति सम्पर्कविहीन भएपछि खोज्नै प-यो, उनले भनिन्, ‘खोजी गर्दै वैदेशिक रोजगार विभाग पुग्दा त श्रम स्वीकृति नै लिएको देखिँदैन।

२७ वर्षीय नविन सन् २०१३ मा कतार र सन् २०१६ मा मलेसियामा २–२ वर्ष रोजगारी गरेर फर्किएका थिए। चार वर्ष वैदेशिक रोजगारीमा बसेर फर्किएका कारण तेस्रोपटकको वैदेशिक यात्रामा अवरोध नहुने परिवारको अनुमान रहेको बबिताको भनाइ छ। उनी भन्छिन्, ‘चार वर्ष वैदेशिक रोजगारीमा रहँदा राम्रो कमाइ गरेका र कुनै समस्या नभोगेका कारण यसपटक कुनै समस्या आउला भन्ने सोचेकै थिएनौं। अहिले सम्पर्कविहीन भएपछि अचम्ममा परेका छौं। कतार र मलेसियाबाहेकको नयाँ गन्तव्यमा जाने भन्दै नविन २०७६ को वैशाख ७ गते धरानबाट काठमाडौंका लागि हिँडेको बबिता बताउँछिन्। ‘वैदेशिक रोजगारीबारे मलाईभन्दा उहाँलाई नै धेरै जानकारी भएकाले कुनै सल्लाह दिइनँ,’ उनले भनिन्, उहाँले जे भन्नुहुन्थ्यो। त्यही कुरा सुनेर मात्र बसें।

काठमाडौं पुगेपछि नविनले म्यानपावरलाई बुझाउने भन्दै एक लाख रुपैयाँ मागेको र त्यो रकम धरानबाट पठाइदिएको उनको भनाइ छ। अघिल्लोपटक वैदेशिक रोजगारीबाट कमाएको केही रकम बचाएर राखेका थियौं, उनले भनिन्, ‘पहिलाको भन्दा राम्रो पारिश्रमिक छ भन्ने सुनेका कारण पनि मागेअनुसार नै रकम पठाइदिएकी थिएँ। वैदेशिक रोजगारीमा जान भनी घर छाडेका नविन सम्पर्कविहीन भएपछि बबिताले आफन्तका साथ विभिन्न निकायमा पुगेर सोधीखोजी गरिरहेकी छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति निकालेको फेला नपरेपछि नविन कता गए होलान् भन्ने अन्योल सिर्जना गरेको विभागका कर्मचारी बताउँछन्। ‘नविन वैदेशिक रोजगारीमा गएका होइनन् भन्ने कुरा श्रम स्वीकृति ननिकालेका कारण पुष्टि भइसकेको छ,’ विभागका एक कर्मचारीले भने, ‘त्यसले गर्दा अब उनको खोजी गर्ने जिम्मा विभागको रहेन।

पाँच महिनासम्म घरपरिवारको सम्पर्कमा नरहेका नविनबारे यतिखेर अनेक अडकलबाजी भइरहेका छन्। कतिपयले उनी पर्यटक भिसामा कुनै मुलुक गएको हुन सक्ने अनुमान गरेका छन्। त्यस्तै कतिपयले पत्नीसँग रकम लिन विदेश जान लागेको नाटक गरेको हुन सक्ने अनुमान गरेका छन्। पत्नी बबिताले भने कहिलै झुठ नबोलेका कारण नविन कुनै संकटमा फसेका छन् कि भन्ने अनुमान गरिरहेकी छन्। वैदेशिक रोजगारीमा जान उहाँले श्रम स्वीकृति लिएको नदेखिए पनि विदेश उड्दा बोर्डिङ पास लिएको वा नलिएकोबारे अनुसन्धान होस् भन्ने माग गरेका छौं,’ बबिताले भनिन्। बबिताको माग अनुसार महानगरीय प्रहरी परिसरले माघ २३ गते वास्तविकता बुझ्ने बताएको छ। ‘खोजीको निवेदन दिन सोमबार प्रहरी परिसरमा पुग्दा माघ २३ गते आउनू भन्ने जवाफ पाएका छौं, उनले भनिन्।

प्रकाशित: २४ माघ २०७६ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App