८ वैशाख २०८१ शनिबार
खेल

बुटवलमा लन टेनिस प्रतियोगिता हुने

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

रुपन्देही- मोफसलमा ठूलो धनराशिको तेस्रो खुला लन टेनिस प्रतियोगिता हुने भएको छ। रुपन्देही लन टेनिस संघको आयोजनामा आगामि फागुन ५ देखि ९ गतेसम्म बुटवलमा तेस्रो संस्करणको प्रतियोगिता गर्न लागिएको हो।

आयोजकले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरि लन टेनिस प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। २०७४ सालमा पहिलो पटक बुटवल लन टेनिस संघले सर्वाधानिक धनराशि राखेर आयोजना गरिएको लन टेनिस प्रतियोगिता गरेको थियो। त्यसैको निरन्तरता स्वरुप तस्रो पटक नेपालभरिका खेलाडी सहभागी गराएर प्रतियोगिता गर्न लागिएको अध्यक्ष सञ्जय प्रकाश श्रेष्ठले जानकारी दिए। लन टेनिस खेलप्रति सरकार र अन्य सरोकारवालाहरुको समेत कम चासो रहेको अवस्थामा संघले राष्ट्रिय स्तरको प्रतियोगिता गरेर खेलप्रति रुचि जगाउने काम समेत गरेको उनले बताए।

प्रतियोगिता एकल र डबल गरि विभिन्न समूहमा हुने छ। एकल पुरुष र महिलातर्फ प्रथम हुनेले नगद ५५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले नगद १० हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरि पुरुष उमेर समूह ३५ माथि प्रथमले ३० हजार, पुरुष ४५ वर्षमाथि २५ हजा र पुरुष ५५ वर्षमाथिकाले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्। यसैगरि सोही उमेर समूहमा द्धितियले क्रमश १५/१५ र ५ हजार पुरस्कार राशि प्राप्त गर्ने संघका सचिव गोपाल ज्ञवालीले बताए। यसैगरि डबलतर्फ भने पुरुष समूहबीच मात्रै प्रतिस्पर्धा हुनेछ। प्रथम हुनेले २० हजार, द्धितियले १० हजार पुरस्कार प्राप्त गर्नेछन्।

यसैगरि डबल पुरुषतर्फ ३५ वर्षमाथि उमेर समूहका प्रतियोगिले प्रथमले २० हजार, द्धितियले १० हजार, ४५ वर्षमाथि उमेर समूहले प्रथम २० हजार र द्धितियले १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन्। पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष अशोक गुरुङले टेनिस प्रतियोगिताले लुम्बिनी र बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने बताए। देशैभरबाट एक सय भन्दा बढि खेलाडीहरु सहभागी हुने आयोजकले जनाएका छन्। बुटवलका मात्रै २५ भन्दा बढि खेलाडीले प्रतिस्पर्धामा भाग लिनेछन्।  प्रतियोगिताका लागि १६ लाख ८५ हजार खर्चको अनुमान गरेका छन्।
 

प्रकाशित: २३ माघ २०७६ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App